बिपी राजमार्गमा अवरुद्ध पहिरो हटाइँदै, आजै सडक खुल्ने सम्भावना

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १६, आइतबार

15
Share
Featured
  • बिपी राजमार्गमा वर्षाले आएको पहिरो र लेदोले अवरुद्ध सडक सफा गर्न काम सुरु भएको छ।
  • चारसय बेसि र पिप्ले माथि सडक खण्डमा पहिरो हटाउने काम भइरहेको छ र मौसमले साथ दिए सडक आज दिउँसोसम्म खुल्ने अपेक्षा छ।
  • सडक अवरुद्ध हुँदा केही सवारी रोकिएका छन् भने केहीले वैकल्पिक बाटो प्रयोग गरेका छन्; सडक छेउका ढुङ्गा र क्रसर उद्योगले पनि क्षति पुऱ्याएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बिपी राजमार्गमा वर्षाका कारण आएको पहिरो र लेदोले अवरुद्ध सडक सफा गर्न काम सुरु भएको छ। सडक डिभिजन कार्यालय काभ्रेका सुपरभाइजर चन्द्र लामाका अनुसार, शनिबार बेलुका देखिनै काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक खण्ड सफा गर्ने तयारी गरिएको थियो।

अहिले बिपी राजमार्ग चारसय बेसिको पहिरो हटाउने काम भइरहेको छ भने पिप्ले माथिको सडक पनि सफा गर्ने कार्य सुरु भएको छ। मौसम खुलेकाले आज बिहानदेखि नै सडक सफा गर्ने काम जारी रहेको छ। सुपरभाइजर लामाका अनुसार, मौसमले साथ दिए सडक आज दिउँसोसम्म सफा भई यातायात सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

बिपी राजमार्ग माथि काभ्रेपलान्चोकको रोशी गाउँपालिका स्थित चारसय बेँसी नाङ्गशाल रोडा ढुङ्गा उद्योगको खानी क्षेत्रबाट झरेको सुख्खा पहिराले राजमार्ग अवरुद्ध भएको थियो। यसबाहेक, राजमार्गका विभिन्न अन्य स्थानमा पनि पहिरो गएको र सडक अवरुद्ध भएको छ।

सडक अवरुद्ध हुँदा केही सवारी साधन नेपालथोकमा रोकिएका छन् भने केहीले वैकल्पिक बाटो प्रयोग गरेर काठमाडौं पुग्न बाध्य भएका छन्। सडक छेउमा सञ्चालन भइरहेका ढुङ्गा र क्रसर उद्योगहरूले पनि राजमार्गमा क्षति पु-याइरहेका कारण यातायात अवरुद्ध भएको देखिएको छ।

यो समाचारमा

काठमाडौँकाभ्रेपलान्चोकरोशी गाउँपालिका

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...