धनुषामा बस–अटोरिक्सा दुर्घटना: एकै परिवारका ४ जनाको मृत्यु, दुई बच्चा घाइते

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १६, आइतबार

15
Share
Featured
  • धनुषामा बस–अटोरिक्सा दुर्घटनामा पतिपत्नी र उनका भाइसहित चार जनाको मृत्यु भएको छ।
  • मृतक परिवारका दुई सन्तान गम्भीर घाइते भएका छन् र जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
  • दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

धनुषामा शनिबार साँझ बस र अटोरिक्सा भिड्दा एकै परिवारका तीन जनासहित चार जनाको मृत्यु भएको छ। दुर्घटनामा पतिपत्नी र उनका भाइको ज्यान गएको छ भने उनका दुई सन्तान गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेश बमका अनुसार विराटनगरबाट धनगढी जाँदै गरेको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको अटोरिक्सालाई ठक्कर दिएको थियो। दुर्घटना गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्र बजार नजिकै पूर्व–पश्चिम राजमार्गमा साँझ करिब सात बजे भएको थियो।

दुर्घटनामा भरतपुर (गणेशमान चारनाथ–४) का ४० वर्षीय रमेश मगर, उनकी पत्नी ३५ वर्षीया निशा मगर, रमेशका भाइ ३५ वर्षीय शम्भु मगर र अटोरिक्सा चालक ४० वर्षीय डम्बर राईको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक परिवारका दुई सन्तान — ९ वर्षीय रोशन मगर र १४ वर्षीया शीतल मगर गम्भीर घाइते भएका छन्।

घाइते सन्तानहरूलाई जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचारका लागि लगिएको छ। दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ।

यो समाचारमा

धनुषाधनगढीगणेशमान चारनाथ  नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...