बुटवल । धनगढीबाट काठमाडौँका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या आएपछि भैरहवा विमानस्थलमा
आकस्मिक अवतरण भएको छ ।
धनगढीबाट १० बजे उडेको फलाइट नम्बर २२२ को विमान काठमाडौं
नपुग्दै बीच बाटोमै हाइड्रोलिक फेलियर भएपछि सुरक्षित अवतरणका लागि गौतमबुद्ध विमानस्थलमा
अवतरण गराइएको हो ।
हाइड्रोलिक फेल भएका कारण विमान रन वेबाट गुड्न नसकेपछि करिब
४० मिनेट विमानस्थलका अन्य उडानहरू अवरुद्ध हुन पुगेका विमानस्थलका सूचना अधिकारी विनोदसिंह
राउतले बताए ।
आकस्मिक अवतरण भएपछि चालक दलका सदस्य र ८२ जना यात्रुहरु
सकुशल छन् । उनीहरु विमानस्थलमा रहेका छन् । उनीहरुलाई लिन काठमाडौंबाट अर्को विमान
जादैँछ ।
अवतरण गर्ने क्रममा विमानको अगाडिको ल्यान्डिङ्ग गियर नखुलेकोले धानव मार्गमा रोकिएको
थियो । साढे १२ बजे मात्रै ल्याण्डिङ गियर खुलेपश्चात् विमान गौतमबुद्व अन्तर्राष्ट्रिय
विमानस्थलको ट्रमिनलको पार्किङ स्थलमा राखिएको छ । अहिले विमानस्थल सञ्चालनमा आइसकेको
छ ।