अविरल वर्षापछि सप्तकोशीमा बाढीको जोखिम, १६ ढोका खोलियाे

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १५, शनिबार

14
Share
Featured
  • अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह तीव्र गतिमा बढ्दै गएको छ, जसका कारण कोशी ब्यारेजका १६ वटा ढोका खोलिएका छन्।
  • आज साँझ ८ बजे नदीमा १,३४,५५५ क्युसेक पानीको प्रवाह मापन गरिएको छ, जुन बिहानको तुलनामा धेरै बढी हो।
  • प्रशासनले बाढी, डुबान र पहिरोको जोखिम भन्दै सर्वसाधारणलाई सतर्क रहन र आवश्यक नपरी घरबाहिर ननिस्कन आग्रह गरेको छ; सुरक्षा निकाय र स्थानीय तहहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

लगातार दुई दिनदेखिको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह तीव्र गतिमा बढ्दै गएको छ। पानीको मात्रा बढेपछि कोशी ब्यारेजका १६ वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।

आज साँझ ८ बजेको मापनअनुसार नदीमा प्रतिसेकेन्ड १ लाख ३४ हजार ५५५ क्युसेक पानीको प्रवाह रहेको छ। बिहान ८ बजे मात्र ७८ हजार २३० क्युसेक प्रवाह थियो।

बढ्दो जलसतहका कारण जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठका अनुसार बाढी, पहिरो र डुबानको जोखिम भएकाले आवश्यक नपरी घरबाहिर ननिस्कन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ।

विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र स्थानीय तहहरूलाई पूर्वतयारी तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...