ईश्वर बास्तोला- तनहुँ दमौली निवासी अपाङ्गता दम्पती ईश्वर बास्तोला र संगिता शर्मा श्रीमान श्रीमती हुन। आजभन्दा ५ बर्ष पहिले उनिहरुको प्रेम बिबाह भएको हो। उनिहरुले आ–आफुलाइ मन पराउनु उनिहरुको दोष थिएन उनिहरुको सम्बन्धको अगाडि परिवार बाधक हुन सकेन।
दुबै दम्पती परिवारले आ आफ्नो भुमिका निर्वाह गरे। उनिहरुले आ–आफ्नो जिवनको निर्णय आ– आफै लिए। परिवारले आफ्नो जिम्मेवारी पूरा गरि टीकाटालो गरि छोरिलाइ बिदाइ गरे बिदाइको पल करुणाबिदारक थियो रे पछि थाहा भयो। बिहे भन्दा अगाडि कुरा छिन्न जादा ५ घन्टा लामो अन्तरबार्ता उनकै ज्वाइले लिए त्यतिबेला उनी बिरेन्द्र क्याम्पसका प्राध्यापक थिए।
हाल अमेरिका छन।उनी माइला ज्वाइँ हुन। बाकी २ बहिनी ज्वाइ अस्ट्रेलियामा छन। उनी जेठि छोरी हुन। नातेदारले बेला बेलामा छलछाम गरि बिहेका प्रस्ताव उनलाइ कति आए कति उनी अटेरि घमण्डी स्वभावकि छिन त्यसको अगाडि आफन्तको पनि केही लागेन। जब उनी मेरो सम्पर्कमा आइन् मैले मेरो वृतान्त सुनाए नितान्त मेरो उनिसग घनिभुत सम्बन्ध कायम भयो त्यो सम्बन्ध लाई मुर्तरुप दिन बिवाहको कुरा आयो यो असम्भव छ भनी उनले भनिन। उनले आफ्नो मनको कुरा सिधै बाबू आमालाइ भन्न सकिनन अष्ट्रेलियामा बस्ने कान्छी बहिनिलाइ भनिन कान्छी बहिनी मार्फत कुरा बाबू आमा सम्म पुग्यो।

असम्भव लाई कसरी सम्भव बनाउने मेरो मनमा कुरा खेल्यो मनले आटयो मैले घरमा कुरा राखे घरका सदस्यहरु आश्चर्यचकित भए त्यतिबेला मसग जागिर थिएन भाइहरुले सकेको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे। उनको आमासग फोनमा कुरा भयो अपाङ्गता अवरोध हो भन्ने प्रसङ्ग आएसि मेरो माइलो भाइले दुई जनाको हिम्मत लाई स्विकार गरौ दुई जनाको शुन्दर सपना मिलेर साकार पारौ भनेसी उनकी आमा बल्लतल्ल सहमत भइन। अझै पनि मनमा खुलदुल खुलदुल नै थियो।

तर तिब्र इच्छा शक्ति र दुई जनाको अडानको अगाडि कसैको केही लागेन कार्तिकको महिना थियो बिहेको निम्तो उनको आफन्तमा खैलाबैला सरि फैलियो कोरोनाको कहर भएको कारण धेरै मान्छे आउन सक्ने सम्भावना भएन।
सिमित मान्छेको रोहोबरमा टिकाटाला गरि बिदाइ र बधाईको ओहिरो लाग्यो। उनको घर चितवन भरतपुर बाट मुग्लिन आइपुग्दा साच्चिकै एक अर्काको राजिखुसिमा बाजि जिते जस्तो लाग्यो। आबुखैरेनी स्थित रहेको अकला मन्दिर परिसरमा सिन्दुर हालेपछि बिबाह सम्पन्न भयो।

यो त प्रेम, सम्बन्ध, बिवाहको यात्रा हो निकै चुनौती र उपलब्धिले भरिपूर्ण छ। त्यसको ४ बर्ष पछि कम्युनीटि सर्पोट ग्रुपमा आन्तरिक परिचालकको रुपमा पेशामा छनौट भए त्यो कुरा उनलाई सुनाइदा हर्षको आँसु आयो।
निस्सासीएको जिवनले सास फेरेको आभास भयो। त्यसको १३ महिना पछि शिक्षण पेशामा आवद्ध हुने सु अवसर प्राप्त भयो एक पछि अर्को सफलताले शिखर चुम्यो। कार्तिक महिनामा बिबाहको उत्सव मनाउन अन्नपूर्ण आधार शिबिरको शाहसिक यात्रामा रमाउन यो त भयो नितान्त ब्याक्तिगत परिवेश हो सामुहिक रुपमा अपाङ्गता भएका ब्याक्तिहरु अन्नपूर्ण आधार शिविर जाने सूचना सामाजिक सन्जाल बाट प्राप्त भयो।

यो नेपालमा पहिलो पटक गर्भिलो ऐतिहासिक यात्रा हुने वाला थियो भयो पनि हजारौं अपाङ्गता भएका ब्याक्तिहरुलाइ हौसलाका साथै बिश्वभरी छरीएर रहेका अपाङ्गता भएका ब्याक्तिहरुलाइ नेपालमा सहज तरिकाले पर्यटकको रुपमा आउन पहुचयुक्त नीति तथा भौतिक संरचना अपाङ्गतामैत्री बनाउन सम्बन्धित निकाय लाइ सर– सल्लाह ,सुभाव प्रदान गर्नु थियो। सोही उदेश्यले यस यात्राको उदेश्य रहयो।

उदेश्य अनुसार पदमार्ग सुधार गर्न १५ लाख बजेट परेको उप्त बजेटले बाटोको सुधार समेटन नसकेको बाटोको स्तरउन्नति गर्न १५ करोड बजेट आवस्यक रहेको अन्नपूर्ण गाउपालिका ४ का जनप्रतिनिधि श्याम पुर्जालेले बताए। अन्नपूर्ण आधार शिबिर १५ बर्ष लागेर बाटोको गोरेटो पन्चकुन्ड सम्म कोरेको हिमखोलामा होटेल संचालक तेज बहादुर गुरुङले हामिलाइ खाना खुवाउने क्रममा संघर्षको कथा सुनाए। भुस्केट मेलाकी होटल संचालिका सरु पुनको भाइ बहिरा अपाङ्गता भएको बताइन उनले हामिलाइ निशुल्क खाजाको ब्यवस्था गरिन हाम्रो आट हिम्मत साहसको प्रसम्सा गरिन।
जीवन परिवेश सुहाउदो हाम्रो प्रेम कथा जस्तै यो गर्भिलो ऐतिहासिक यात्रा हामी विभिन्न जिल्लाका अपाङ्गता भएका ब्याक्तिहरुलाइ चुनौतीपूर्ण नै थियो पछि उपलब्धिमुलक लिएको लक्ष्य पूरा हुदा सन्तुष्टी प्राप्त भयो खुलेर सबैले प्रसम्सा गरे। यस जिबनको संघारमा आएका बदलाब उताचढाबले पारेको चरित्र भित्र बिचित्रको संघर्ष छ। एकातिर प्रेमले वैवाहिक सम्बन्धलाई मुर्त रुप दिन समाज, परिवार, पहिचान बाधक बनेपनी आजको दिनमा साधनाको फलस्वरूप शुभकामनाको लर्को प्राप्त भयो।

अन्नपूर्ण बेस क्याम्प यात्रा तय गर्ने सन्दर्भमा पनि अपाङ्गता भएका ब्याक्तिको हिम्मत शाहस लाई मुल्यांकन गरि म्याग्दी जिल्लाका विभिन्न निकायले खेलेको भुमिका सकारात्मक छ।जसमा पत्रकार, राजनैतिक दल, अपाङ्गता क्षेत्रका संघ संस्था अपाङ्गता अधिकारकर्मी होटल ब्यवसायिको आत्मियता पुर्ण व्यवहार निशुल्क खाजा, खाना तथा बासको प्रबन्धले अपाङ्गतामैत्री पर्यटन बिकासमा अबको निकास हुनुपर्ने सन्दर्भ प्रष्ट हुन्छ।
यो प्रेम साथ सहयोग परिणाम स्वरुप एक अपाङ्गता भएको ब्याक्ती पनि समाजको परिपुरक पहिचान कायम गरि परिवार समाज देशको लागि अतुलनीय योगदान कायम गर्न सक्छ भन्ने पक्षमा ब्याक्तिगत खुबी, भौतिक संरचना निर्माण देखि लिएर राज्यको नीति अपाङ्गतामैत्री हुनुपर्ने आम शन्देश हो।