विद्युत कटौतीले उद्योग प्रभावित, समाधानका लागि सरकारसँग आग्रह

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १४, शुक्रबार

27
Share
Featured
  • अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योगमा भइरहेको विद्युत कटौतीको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरे।
  • विद्युत आपूर्तिमा अवरोधले उद्योग बन्द र हजारौँ रोजगारी संकटमा परेको उनले बताए।
  • जेनजी आन्दोलनका क्रममा निजी उद्योगमाथि भएको आक्रमणले लगानीकर्ताको आत्मविश्वास कमजोर भएको र औद्योगिक सुरक्षा कमजोर भएको देखाएको छ।
  • अध्यक्ष ढकालले उद्योगी व्यवसायीको मनोबल उच्च राख्न, सुरक्षित वातावरण सुनिश्चित गर्न र नीति कार्यान्वयनमा सुधार गर्न सरकारलाई निर्देशन दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौंमा आयोजित सार्वजनिक निजी संवाद कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योगहरूमा भइरहेको विद्युत कटौतीको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन्। अध्यक्ष ढकालले औद्योगिक क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध हुँदा देशभरका दर्जनौँ उद्योग बन्द हुन पुगेको र यसले हजारौँ रोजगारी संकटमा पारेको बताए। उनले यस समस्याको समाधान वार्ता र संवादको माध्यमबाट खोज्नुपर्ने जोड दिनुभयो।

अध्यक्ष ढकालले उद्योगमा विद्युत लाइन काटिँदा राष्ट्रले ठूलो आर्थिक क्षति भोग्नु परेको बताए। यसले औद्योगिक उत्पादन, निर्यात र समग्र आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पारेको छ। उनले विवाद समाधानका लागि सरकारसँग सहकार्य र संवादको वातावरण सिर्जना गर्न आवश्यक रहेको पनि उल्लेख गर्नुभयो। यसरी औद्योगिक गतिविधि निरन्तरता पाउँदा मात्र देशको अर्थतन्त्र सुदृढ हुने उनको विचार थियो।

अध्यक्ष ढकालले अर्थतन्त्रको पुनरुत्थानका लागि उद्योगी व्यवसायीहरूको मनोबल उच्च राख्नु आजको आवश्यक्ता रहेको बताए। उनले जेनजी आन्दोलनका क्रममा निजी उद्योग प्रतिष्ठानमाथि भएको आक्रमण र घुसपैठले औद्योगिक सुरक्षामा कमजोरी देखाएको र यसले लगानीकर्तामा भय उत्पन्न गरेको बताए। यसले लगानीकर्ताको आत्मविश्वास कमजोर भएको र उद्योग क्षेत्रमा लगानीका सम्भावनामा असर पुगेको उनले चिन्ता व्यक्त गर्नुभयो।

अध्यक्ष ढकालले औद्योगिक सुरक्षालाई मजबुत बनाइ उद्योगी व्यवसायीको मनोबल उच्च राख्न आवश्यक रहेको जोड दिए। उनले भने, ‘आन्तरिक र बाह्य लगानीका लागि उद्योगी व्यवसायीले सुरक्षित महसुस गर्ने वातावरण आवश्यक छ। देशमा रोजगारी सिर्जना गर्ने, राज्यलाई कर तिर्ने निजी क्षेत्र हरेक आन्दोलनमा आक्रमणको सिकार हुनु दुखद छ।’ साथै सरकारले औद्योगिक सुरक्षा र क्षतिग्रस्त उद्योगको पुनर्निर्माणका निर्णयहरू सराहनीय भएपनि नीति कार्यान्वयन ढिलो हुने प्रवृत्तिमा सुधार आवश्यक रहेकोमा उनले जोड दिनुभयो।

यो समाचारमा

नेपाल उद्योग वाणिज्य महासंघकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...