पेस्तोल सहित दुई जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १३, बिहिबार

31
Share
Featured

काठमाडौँ

काठमाडौँ महानगरपालिका-१८ ढल्कुबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली १२ राउण्ड सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१७ नयाँबजार बस्ने नुवाकोट लिखु गाउँपालिका-६ घर भएका २३ वर्षीय समिर श्रेष्ठ र सोही महानगरपालिका-१६ क्षेत्रपाटी बस्ने काभ्रेपलान्चोक पनौती नगरपालिका-१० खोपासी घर भएका २३ वर्षीय एलेक्स नेपाली रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो ।

उनीहरूलाई हातहतियार तथा खरखजना सम्बन्धी कसूर मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो समाचारमा

पनौती नगरपालिकालिखु गाउँपालिकाकाभ्रेपलान्चोककाठमाडौँ महानगरपालिका
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...