धर्ना कार्यक्रममा बोल्दाबोल्दै कमल गौतम ढले, अन्तिम शब्द ‘अतः यो कारणले’

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १३, बिहिबार

17
Share
Featured
  • बुटवलमा उद्योगमा विद्युत कटौतीको विरोधमा आयोजित धर्ना कार्यक्रममा बोल्दा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) उपाध्यक्ष कमल गौतम अचानक ढले र निधन भए।
  • उनका अन्तिम शब्द भने ‘अतः यो कारणले’ बने, र उपचारको लागि अस्पताल पुर्याए पनि उनको मृत्यु भइसकेको थियो।
  • गौतम मजदुरहरूको तर्फबाट वक्ताका रुपमा विरोध कार्यक्रममा सहभागी थिए, उनी नेकपा एमालेका केन्द्रीय सदस्य थिए र ६२ वर्षीय उनको परिवारमा श्रीमती र दुई छोरा छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

वुटवलमा आयोजित धर्ना कार्यक्रममा बोल्दाबोल्दै नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतम अचानक ढलेका छन्। उद्योगमा नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित उक्त कार्यक्रममा बोल्दा उनी केही आक्रोशित बनेका थिए। उनका अन्तिम शब्द भने ‘अतः यो कारणले’ नै बने।

अचानक ढलेका गौतमलाई उपचारका लागि मणिग्राम क्रिमसन अस्पताल पुर्याइए पनि, अस्पतालमा उपचारको क्रममा उनको निधन भइसकेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र प्रसाद आचार्यले पुष्टि गरेका छन्। ६२ वर्षीय गौतम हृदयघातका कारण ढलेका थिए।

कार्यक्रममा बोल्दै उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाएका थिए र श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गर्दै थिए। उनी बोल्दै गर्दा भुइँमा ढलेका थिए र बोली लरबरिएको अवस्थामा उनका अन्तिम शब्द ‘अतः यो कारणले’ रहेका थिए।

गौतम बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा थिए। उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य समेत थिए। ६२ वर्षीय गौतमका दुई छोरा र श्रीमती छन्। बुटवल–भैरहवा कोरिडोरका १० उद्योगमा ट्रंकलाइन प्रयोग गरी लाइन काटिएको विरोधमा आयोजित संयुक्त विरोध कार्यक्रममा गौतम मजदुरहरूको तर्फबाट वक्ताका रुपमा प्रतिनिधित्व गरिरहेका थिए।

यो समाचारमा

नेपालनेपाल कम्युनिष्ट पार्टी (एमाले)बुटवल उपमहानगरपालिकाकाठमाडौँ
नेपाल विद्युत प्राधिकरण4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...