विश्वकप लिग–२ युएईविरुद्ध कप्तान रोहित पौडेलको शतक

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १३, बिहिबार

16
Share
Featured

लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिमविरुद्ध २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पालका कप्तान रोहितले सम्हालिएर खेल्दै सर्वाधिक १०९ रन बनाए । 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो दोस्रो शतक हो । 

समाचार सारांशGenerated using AI.

काठमाडौँ । कप्तान रोहित पौडेलको शतकप्रेरितनेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिमविरुद्ध २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

 बिहीबार यूएईको दुबईमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३३ रनको योगफल खडा गरेको हो । 

नेपालका कप्तान रोहितले सम्हालिएर खेल्दै सर्वाधिक १०९ रन बनाए । एउटा एन्डबाट लगातार विकेट जाँदा अर्को एन्डमा अडिएका रोहितले १३० बलमा पाँच चौका र एक छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो दोस्रो शतक हो । 

योसँगै रोहित नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई शतक बनाउने पहिलो ब्याटर बनेका छन् । यसअघि  पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिलो एकदिवसीय शतक बनाएका थिए ।

यो समाचारमा

रोहित पौडेलनेपालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...