गुण्डागर्दीमा संलग्न सानुभाइ गुरुङ ७ हजार धरौटीमा रिहा

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १३, बिहिबार

12
Share
Featured
  • गुण्डागर्दी र धम्की प्रकरणमा पक्राउ परेका युवराज गुरुङ ‘सानुभाइ’ काठमाडौँ जिल्ला अदालतको आदेशमा ७ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।
  • असोज १९ गते जेनजी प्रदर्शनपछि व्यवसायीलाई धम्क्याएको आरोपमा उनलाई टोखाबाट पक्राउ गरिएको थियो।
  • सानुभाइ यसअघि पनि विभिन्न अभियोगमा ६ पटक पक्राउ परिसकेका छन्, यो उनको सातौँ पटकको गिरफ्तारी र रिहाइ हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइ ७ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार उनी थुनामुक्त भएका हुन्।

जेनजी प्रदर्शनपछि व्यवसायीलाई 'धम्क्याएको' आरोपमा प्रहरीले असोज १९ गते उनलाई टोखाबाट पक्राउ गरेको थियो। नुवाकोटको ककनी गाउँपालिका–५ घर भई टोखास्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ यसअघि पनि विभिन्न आरोपमा ६ पटक पक्राउ परिसकेका थिए। यो उनको सातौँ पटकको पक्राउ र रिहाइ हो।

यसअघि साउन १२ गते ठमेलको नर्सिङ चोकस्थित नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए।

यो समाचारमा

काठमाडौँनुवाकोटककनी गाउँपालिका

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...