प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा आजदेखि सुनुवाइ हुने

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १२, बुधबार

5
Share
Featured
  • प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर १६ वटा रिट निवेदनमाथि आजदेखि सुनुवाइ सुरु हुने भएको छ।
  • रिटहरूमा प्रधानमन्त्रीको नियुक्ति, संसद् विघटन बदर र संसद् पुनःस्थापनाको माग गरिएको छ।
  • सबै १६ रिट निवेदनमाथि संवैधानिक इजलासले एकमुष्ट रूपमा सुनुवाइ गर्नेछ, जसको कार्यवाही सर्वोच्चको एनेक्स भवनमा हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

कोइरालाका अनुसार संवैधानिक इजलासमा १६ वटा रिट निवेदनमाथि एकमुष्ट सुनुवाइ हुनेछ ।  

प्रवक्ता कोइरालाका अनुसार, सर्वोच्च अदालतको मूल भवन छेवैको ‘एनेक्स भवन’को माथिल्लो तलामा रहेको पुरानो कोठामा संवैधानिक इजलास सञ्चालन हुनेछ।

यो समाचारमा

काठमाडौँसर्वोच्च अदालतप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...