आज यी प्रदेशमा हुनेछ हिमपातसहित वर्षा

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १२, बुधबार

20
Share
Featured
  • जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आज मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जनाएको छ।
  • बागमती, कमला, कोशी र कन्काई नदीसहित साना नदीनालामा आकस्मिक बहाव र सतर्कता तहसम्म पानीको स्तर पुग्ने सम्भावना रहेको चेतावनी दिइएको छ।
  • सम्भावित वर्षा र हिमपातले पहिरो, यातायात अवरोध, कृषि र पर्यटन क्षेत्रमा असर पार्न सक्ने बताइएको छ, साथै बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव नेपालतर्फ कमजोर हुँदै सर्ने अनुमान गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जल तथा मौसम विज्ञान विभागले आज कोशी प्रदेश, बागमती प्रदेशगण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको विभागले बताएको छ।

विभागका अनुसार, बागमती, कमला, कोशी र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्नेछ र सतर्कता तह आसपास पुग्न सक्नेछ। कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने साना नदीनालामा आकस्मिक बहावको सम्भावना रहेको छ।

विशेषगरी काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन, सिन्धुली, बारा, , सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्ला भई बहने साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहनेछ।

सम्भावित वर्षा र हिमपातका कारण नदीनालामा आकस्मिक बहाव, पहिरो लगायतका जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायतका क्षेत्रहरूमा प्रभाव पर्न सक्ने विभागले चेतावनी दिएको छ। बंगालको खाडीमा विकसित चक्रवात 'मोन्था' भारतको आन्ध्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको र यसको प्रभाव विस्तारै कमजोर हुँदै नेपालको मध्य भूभाग नजिक आई पूर्वतर्फ सर्ने विभागले जनाएको छ।

यो समाचारमा

पाँचथरतेह्रथुममोरङधनकुटा
मधेश प्रदेश20 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...