कर्णाली याक्सले एसियन पेन्ट्ससँग सह–प्रायोजन सम्झौता

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ११, मङ्गलबार

14
Share
Featured
  • कर्णाली याक्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) का लागि एसियन पेन्ट्सलाई सह–प्रायोजकको रुपमा भित्राएको छ।
  • टोलीले आफ्नो प्रमुख प्रशिक्षक ज्ञानेन्द्र मल्ललाई निरन्तरता दिएको छ र मार्की खेलाडी र विदेशी खेलाडीहरू समेत अनुबन्ध गरेको छ।
  • कर्णाली याक्सले ट्रफी टुर, ट्यालेन्ट हन्ट र विभिन्न प्रचार कार्यक्रममार्फत टोलीको प्रदर्शन र लोकप्रियता बढाउने तयारी गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कर्णाली याक्स स्पोर्टस प्रा.लीले एसियन पेन्ट्सलाई आफ्नो सह–प्रायोजकको रुपमा भित्राएको छ। मंगलबार काठमाडौंको याक एण्ड यति होटलमा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र एसियन पेन्ट्सका मार्केटिङ सहायक प्रवन्धक आस्था सत्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे। यो सम्झौता दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि गरिएको हो। कार्यक्रममा एसियन पेन्ट्सको तर्फबाट मार्केटिङ सहायक प्रवन्धक अङ्किता श्रेष्ठको पनि उपस्थिति रहेको थियो।

निर्देशक घिमिरेले एसियन पेन्ट्ससँगको साझेदारीमा खुशी व्यक्त गर्दै दोस्रो संस्करणको तयारी सकिएको बताए। एसियन पेन्ट्स नेपालका प्रमुख अन्तर्राष्ट्रिय पेन्ट उत्पादक मध्ये एक हो र यसको उत्पादन नेपालमा अत्यधिक लोकप्रिय छ। कम्पनीले आफ्नो बजार एसियासँगै अफ्रिका, मिडल ईस्ट, साउथ प्यासिफिक क्षेत्रहरूमा पनि विस्तार गरेको छ।

यसअघि कर्णाली याक्सले आफ्नो हस्पिटालिटी पार्टनरमा काठमाडौंको होटल याक एण्ड यति, नेबिको र प्लम्बर पाइप्ससँग सम्झौता गरेको थियो। टोलीले ट्रफी टुर कर्णाली प्रदेशका विभिन्न शहर, धार्मिक स्थल र पर्यटकीय क्षेत्रमा २ नोभेम्बर र ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा आयोजना गर्दैछ। पहिलो संस्करणमा टोलीले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो भने दोस्रो संस्करणमा पनि ज्ञानेन्द्र मल्ललाई प्रशिक्षकमा राखिएको छ।

कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामीसहित गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ। नयाँ अनुबन्धमा पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई सामेल गरिएको छ। साथै, तीन विदेशी खेलाडीहरू अस्ट्रेलियाका विलियम बासिष्टोस, जेम्स वाट र म्याक्स ओ डाउडलाई अनुबन्ध गरिएको छ, जसले पहिलो पटक एनपिएल खेल्ने अवसर पाउनेछन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...