पहिरो नियन्त्रणमा चासो नदेखाएको भन्दै सूर्योदय नगरपालिकाविरुद्ध आन्दोलनको चेतावनी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ११, मङ्गलबार

74
Share
Featured
  • सूर्योदय नगरपालिका–१४, लक्ष्मीपुरको ठूलोबर्दु क्षेत्रमा पहिरोले बाटो बगाउन थालेपछि स्थानीय युवाहरू आक्रोशित भएका छन्।
  • नगरपालिकाले समस्या समाधानमा चासो नदेखाएको र पदाधिकारीहरूले स्थल अवलोकनसमेत नगरेको भन्दै युवाहरूले विरोध जनाएका छन्।
  • युवाहरूले तत्काल पहिरो नियन्त्रण र बाटो मर्मतका लागि पहल नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

इलामको सूर्योदय नगरपालिका वडा नम्बर १४, लक्ष्मीपुरको ठूलोबर्दु क्षेत्रमा पहिरोले बाटो बगाउन थालेपछि स्थानीय युवाहरू आक्रोशित भएका छन्। नगरपालिकाले समस्या समाधानमा कुनै चासो नदेखाएको भन्दै उनीहरूले विरोध जनाएका हुन्।

सवारी साधन चल्ने मुख्य बाटो नै पहिरोले बगाउन लागेको अवस्थामा पनि नगरपालिकाका जिम्मेवार पदाधिकारीहरूले बेवास्ता गरेको स्थानीयको गुनासो छ। विशेषगरी, वडा नम्बर १४ का वडाध्यक्ष रणबहादुर राई र इलाम जिल्लाका मेयर केदार थापाले समस्या अवलोकन गर्न समेत नआएको भन्दै युवाहरूले आक्रोश व्यक्त गरेका छन्।

स्थानीय युवाहरूले तत्काल बाटो मर्मत तथा पहिरो नियन्त्रणका लागि नगरपालिकाले पहल नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। उनीहरूले जनप्रतिनिधिहरूले जनताको समस्याप्रति संवेदनशील हुनुपर्नेमा जोड दिएका छन्।

यो समाचारमा

इलामकाठमाडौँसूर्योदय नगरपालिका

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...