अभिनेताबाट जनप्रतिनिधि बनेका राज घिमिरे प्रतिबद्धता-'दुनिया बदल्न नसके पनि वडा बदल्न सक्छु'

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १०, सोमबार

38
Share
Featured
  • ललितपुर–गोदावरी नगरपालिका वडा नं–३ का अध्यक्ष राज घिमिरेले आफ्नै वडा र दुर्गम क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत समुदायको सेवा गर्दै आएका छन्।
  • पूर्व अभिनेता घिमिरेले भूकम्प, कोभिड र अन्य विपत्तिबाट प्रभावित परिवारलाई सहयोग गर्दै वृद्ध, सुत्केरी र विद्यार्थीलाई विभिन्न राहत र छात्रवृत्ति उपलब्ध गराएका छन्।
  • उनी भन्छन्, "दुनिया बदल्न सक्दिन, तर मेरो वडा बदल्न सक्छु," र अविचलित भएर समाजसेवामा लागिरहन्छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ललितपुरगोदावरी नगरपालिका, ललितपुर वडा नं–३ का अध्यक्ष राज घिमिरे आफ्नो वडाका साथै दुर्गम क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत समुदायको सेवा गर्दै आएका छन्। भूकम्प, कोभिड र अन्य प्राकृतिक तथा सामाजिक विपत्तिबाट प्रभावित परिवारलाई सहयोगमा उनी सधैँ अग्रसर रहन्छन्।

पूर्व अभिनेता घिमिरे सिनेमा उद्योगबाट राजनीतिमा प्रवेश गरेका हुन्। गरिबी र अभाव भोगेका उनले आफूले भोगेको दुःखलाई सीमान्तकृत समुदायका लागि काम गर्ने प्रेरणाका रूपमा उपयोग गरेका छन्। उनले हाल १२५ जना वृद्ध–वृद्धालाई औषधि, सुत्केरीलाई सुत्केरी मसला, र विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन्।

वडा अध्यक्ष घिमिरे भन्छन्, "मैले दुनिया बदल्न सक्दिन होला तर म मेरो वडा बदल्न सक्छु। त्यसका लागि म अविचलित भई लागिरहन्छु।" 

यो समाचारमा

ललितपुरगोदावरी नगरपालिका, ललितपुरकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सामाजिक अपराधजन्य घटनाको रेखाचित्र (ग्राफ) बर्सेनि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ भन्दा आव २०८१/८२ मा शून्य दशमलव १४ प्रतिशतले अपराध बढेको हो।त्यस्तै, आव २०८१/८२ भन्दा आव २०८२/८३ मा एक दशमवल १५ प्रतिशतले अपराध बढेको देखिन्छ ।

    Data is loading...

    Loading brands...

    Loading footer...