प्रधानमन्त्री कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै, यी चार मन्त्रीले शपथ लिँदै

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०९, आइतबार

26
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन्।
  • जेन-जी समूहबाट चार जना नयाँ मन्त्री थपिने तयारी भएको छ: सुधा गौतम (स्वास्थ्य), गणपतिलाल श्रेष्ठ (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन), खगेन्द्र सुनार (श्रम तथा रोजगार), बब्लु गुप्ता (युवा तथा खेलकुद)।
  • हाल कार्कीको मन्त्रिपरिषद् आठ सदस्यीय छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन्। यसअघि जेन-जी समूहका तर्फबाट ४ जना मन्त्री थप्ने तयारी भए पनि जेन-जीबीचमै विवाद हुँदा विस्तार हुन सकेको थिएन। तर अब भने मन्त्रिपरिषद्लाई टुंगो लगाउन खोजिएको पाइएको छ।

स्रोतका अनुसार चार जना मन्त्रीको नाम तय भएको छ। जसमा सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री, गणपतिलाल श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, खगेन्द्र सुनार श्रम तथा रोजगार मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन्। हाल कार्की नेतृत्वको मन्त्रिपरिषद् आठ सदस्यीय छ।

यो समाचारमा

सुशीला कार्कीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...