काँकरभिट्टा नाकाबाट पहिलो त्रैमासिकमा ४.४८ अर्बको पेट्रोलियम पदार्थ आयात

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०८, शनिबार

13
Share
Featured
  • चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकमा काँकरभिट्टा नाकाबाट चार अर्ब ४८ करोड ४५ लाख रुपैयाँभन्दा बढी मूल्यका पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल) आयात भएका छन्।
  • अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.३०% (पाँच करोड ९० लाख रुपैयाँ) ले आयातमा वृद्धि भएको छ।
  • पेट्रोलियम पदार्थबाट दुई अर्ब २० करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ, जुन अघिल्लो वर्षभन्दा ३.२०% (छ करोड ८९ लाख रुपैयाँ) ले बढी हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट चार अर्ब ४८ करोड ४५ लाख ६८ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईका अनुसार अघिल्लो आव २०८१/०८२ को सोही अवधिको तुलनामा पाँच करोड ९० लाख ३३ हजार अर्थात् एक दशमलव ३० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व तीन दशमलव २० प्रतिशत अर्थात् छ करोड ८९ लाख पाँच हजार रुपैयाँले बढेको सूचना अधिकारी हुमागाईँले बताए ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको तीन महिनामा पेट्रोलियम पदार्थ आयातबाट दुई अर्ब २० करोड ६८ लाख ६२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा दुई अर्ब ३२ करोड ७८ लाख रुपैयाँ मूल्य पर्ने २६ हजार ३२० किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी एक अर्ब २६ करोड १५ लाख रुपैयाँ मूल्य पर्ने १३ हजार ३५६ किलोलिटर डिजेल आयात भएको छ ।

त्यस्तै तीन महिनाको अवधिमा रु ६२ करोड ८१ लाख मूल्य पर्ने छ हजार ३६१ मेट्रिक टन एलपी ग्यास, २० करोड २६ लाख रुपैयाँ मूल्य पर्ने दुई हजार २५६ किलोलिटर एटीएफ र तीन करोड ७९ लाख रुपैयाँ मूल्य पर्ने ४२० किलोलिटर मट्टितेल आयात भएको छ ।

यो समाचारमा

काठमाडौँकाँकडभिट्टा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...