स्वयम्भूबाट स्रोत नखुलेको नगद र सुनसहित चिनियाँ नागरिक र नेपाली महिला पक्राउ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०७, शुक्रबार

18
Share
Featured
  • काठमाडौंको स्वयम्भूबाट प्रहरीले स्रोत नखुलेको ६९ लाख ८५ हजार नगद र सुनका गरगहनासहित एक चिनियाँ पुरुष र एक नेपाली महिलालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ्ग र २२ वर्षीया रोजिना सुनार (धादिङ) रहेका छन्।
  • उनीहरूको कोठाबाट नेकलेस, झुम्का, बाला, औंठी, शिरबन्दी, साथै ४ वटा आइफोन र १ म्याकबुक बरामद गरिएको छ, र थप अनुसन्धान जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँको स्वयम्भूबाट प्रहरीले स्रोत नखुलेको ६९ लाख ८५ हजार नगद र सुनका गरगहनासहित एक जना चिनियाँ नागरिक र एक जना नेपाली महिलालाई पक्राउ गरेको छ। बिहीबार बिहान पक्राउ पर्नेमा चिनियाँ नागरिक ३८ वर्षीय जियाओ याङ्ग र धादिङ निलकण्ठा नगरपालिका घर भएकी २२ वर्षीया रोजिना सुनार रहेका छन्।

स्वयम्भू सानोभर्‍याङस्थित सरिता महर्जनको घरमा उनीहरूले भाडामा लिएको कोठाबाट प्रहरीले नेकलेस, झुम्का, बाला, औंठी र शिरबन्दीलगायतका सुनका गहनाहरू बरामद गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। आरोपीहरूको डेराबाट चार थान आईफोन र एक म्याकबुक पनि बरामद गरिएको छ। उनीहरूबारे प्रहरी वृत्त स्वयम्भूले थप अनुसन्धान गरिरहेको छ।

यो समाचारमा

निलकण्ठा नगरपालिकाकाठमाडौँधादिङ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...