नेपाली महिला फुटबल टिमले आज इरानसँग खेल्दै

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०७, शुक्रबार

15
Share
Featured
  • नेपाली राष्ट्रिय महिला फुटबल टिम आज इरानविरुद्ध मैत्रीपूर्ण खेल भारतको शिलङस्थित जवाहरलाल नेहरु रंगशालामा साँझ सवा ६ बजे खेल्दैछ।
  • नेपाल फिफा वरियतामा ८९औं र इरान ७०औं स्थानमा छन्; सन् २०१९ मा नेपालले इरानलाई ३–० ले पराजित गरेको थियो।
  • सावित्रा भण्डारी ‘साम्बा’को कप्तानीमा २३ सदस्यीय टिम भारत पुगेको छ, जसले अर्को खेल अक्टोबर २७ मा भारतसँग खेल्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टिम आज इरानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । यो खेल भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा हुने खेल साँझ सवा ६ बजेदेखि सुरु हुनेछ ।

फिफाको वरियतामा नेपाल ८९औं स्थानमा छ भने इरान ७०औं स्थानमा रहेको छ । नेपालले यसअघि इरानसँग एक खेल मात्र खेलेको छ । सन् २०१९ मा भारतमा नै आयोजना भएको हिरो महिला गोल्डकपमा नेपाल इरानलाई ३-० ले पराजित गरेको थियो, जसमा सावित्रा भण्डारीले २ तथा अनिता बस्नेतले एक गोल गरेकी थिइन् ।

नेपाली राष्ट्रिय महिला टिमले आजको खेलपछि अक्टोबर २७ मा भारतसँग शिलोङमै मैत्रीपूर्ण खेल खेल्दैछ । 

मैत्रीपूर्ण खेलका लागि एन्फाले सावित्रा भण्डारी साम्बाको कप्तानीमा २३ सदस्यीय टिम भारत पुगेको छ ।

नेपाली महिला फुटबल टिम:

गोलकिपर: अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर र उषा नाथ ।

डिफेन्डर:  निशा ठोकर, समिक्षा घिमिरे, मन माया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पुजा राना, सजनी थोकर र हिरा कुमारी भुजेल ।

मिडफिल्डर: अनिता बस्नेत, रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सविता राणा मगर, सरस्वती हमाल र  दीपा शाही ।

फरवार्ड:  रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई र सावित्रा भण्डारी ।


यो समाचारमा

भारतकाठमाडौँइरान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...