चिनियाँ नागरिक र नेपाली महिला अवैध नगद र सुनसहित पक्राउ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०६, बिहिबार

34
Share
Featured
  • काठमाडौंको सानोभर्‍याङस्थित घरबाट प्रहरीले ६९ लाख ८५ हजार रुपैयाँ नगद र सुनजस्तो देखिने धातुका गरगहना बरामद गरेको छ।
  • उक्त सामान चिनियाँ नागरिक यिनहोल (३८) र धादिङकी रेजिना सुनार (२२) बस्ने कोठाबाट सुटकेस र सोफामुनी लुकाइराखिएको अवस्थामा फेला परेको हो।
  • प्रहरीले चार आईफोन, एक म्याकबुक, एक बीवाईडी कार र व्यक्तिगत कागजातहरू नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ, साथै चार अन्य महिलालाई पनि सोधपुछका लागि पक्राउ गरिएको छ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

राजधानीको सानोभर्‍याङस्थित एक घरबाट प्रहरीले ठूलो परिमाणमा अवैध नगद र सुनजस्तो देखिने धातु बरामद गरेको छ। स्रोत नखुलेको पैसा र बिलरहित सुन बरामद भएपछि प्रहरीको अनुसन्धान तीव्र पारिएको छ।

प्रहरी वृत्त स्वयम्भूका अनुसार चिनियाँ नागरिक ३८ वर्षीय यिनहोल र धादिङ निलकण्ठा नगरपालिका–स्थित २२ वर्षीया रेजिना सुनार बस्ने कोठाबाट उक्त सामग्री बरामद गरिएको हो। प्रहरीले सुटकेस र सोफामुनी लुकाइराखिएको अवस्थामा ६९ लाख ८५ हजार रुपैयाँ नगद फेला पारेको जनाएको छ।

त्यसैगरी, प्रहरीले सुनजस्तो देखिने पहेंलो धातुका विभिन्न गरगहना (नेकलेस, झुम्का, बाला, औंठी, नथी, शीरबन्दी) समेत बरामद गरेको छ। साथै, चार थान आईफोन, एक म्याकबुक, एक मोबाइल फोन र बा.प्र. ०१–०३१ प ५२६२ नम्बरको बीवाईडी कार समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले थप अनुसन्धानका लागि रेजिना सुनारको नागरिकता र यिनहोलको राहदानी समेत नियन्त्रणमा लिएको छ। सोही घरमा बस्दै आएका चारजना अन्य महिलालाई पनि सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी वृत्त स्वयम्भूका प्रमुखले बताएका छन्। बरामद भएको रकम र सुनजस्तो धातुको स्रोतबारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

निलकण्ठा नगरपालिकाकाठमाडौँधादिङ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...