भाइटीकाको दिन यस्तो रहनेछ मौसम

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०६, बिहिबार

15
Share
Featured
  • भाइटीकाको दिन बिहीबार देशका अधिकांश भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ, जसका कारण पहाडी भू–भागमा आंशिक बदली रहनेछ।
  • हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहे पनि बाँकी भू–भागमा दिउँसो र राति दुवै समयमा मौसम मुख्यतया सफा रहनेछ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

तिहारको मुख्य दिन बिहीबार भाइटीकामा देशका अधिकांश भागमा मौसम सफा रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार हाल कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जसअनुसार बिहीबार दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहँदै बाँकी भू–भागमा मुख्यतया सफा मौसम रहनेछ। पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा भने हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

राति पनि अधिकांश भू–भागमा आंशिकदेखि सफा मौसम रहने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशगण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मात्र हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो समाचारमा

काठमाडौँकोशी प्रदेशकर्णाली प्रदेशगण्डकी प्रदेश
सुदूरपश्चिम प्रदेश4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...