युवा संघद्वारा सोनम थेबे आफ्नो सदस्य नभएको स्पष्टीकरण, 'भ्रामक प्रचार' को खण्डन

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०५, बुधबार

23
Share
Featured
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाउने अभियोगमा पक्राउ परेका सोनम थेबे राष्ट्रिय युवा संघ नेपालका सदस्य नभएको स्पष्ट गर्दै संघले प्रचारको खण्डन गरेको छ।
  • प्रवक्ता निरोज पौडेलले थेबे संघको कुनै पनि तह वा जिम्मेवारीमा नरहेको स्पष्ट पार्दै भ्रामक र आधारहीन प्रचारप्रति आपत्ति जनाएका छन्।
  • सोनम थेबे कांग्रेस पृष्ठभूमिका व्यक्ति भएको र पटके अपराधीको रूपमा चिनिएको जानकारीसमेत सार्वजनिक गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

राष्ट्रिय युवा संघले पूर्वराष्ट्रपति विद्या देवी भण्डारीको घर जलाउनेमा संलग्न भनी पक्राउ परेका सोनम थेबे युवा संघको सदस्य भनी गरिएको प्रचारको खण्डन गरेको छ। युवा संघका प्रवक्ता निरोज पौडेलले वक्तव्य जारी गर्दै थेबे राष्ट्रिय युवा संघको कुनै पनि तह वा जिम्मेवारीमा नरहेको प्रष्ट पारेका हुन्।

पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत तथ्यहीन प्रचार र अफवाह फैलाउनु स्वीकार्य नभएको बताउँदै थेबे राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता भएको भनी गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। उनले यस्ता भ्रामक, आधारहीन र गैरजिम्मेवार प्रचारको घोर भर्त्सना गर्दै सबै पक्षलाई जिम्मेवार र विवेकपूर्ण ढंगले प्रस्तुत हुन अनुरोध गरेका छन्।

थेबे र उनको परिवार ताप्लेजुङमा पहिलेदेखि नै कांग्रेसमा क्रियाशील रहेको बताइएको छ। साथै, थेबे महाराजगन्ज, धुम्बाराही र कपन क्षेत्रका पटके अपराधी भएको पनि जानकारी दिइएको छ।


यो समाचारमा

काठमाडौँविद्या देवी भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...