‘स्कुटर’ अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०४, मङ्गलबार

34
Share
Featured

भरतपुर,चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। भरतपुर विमानस्थल नजिकै मंगलबार बिहान स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो।

गएराति भरतपुर–१० स्थित विमानस्थल नजिकै बाप्र ०६–००३ प ०६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

उक्त दुर्घटनामा परी स्कुटर चालक भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र स्कुटर पछाडि सवार सोही स्थानका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा दुवै जनाको टाउकामा चोट लागेर गम्भीर अवस्थामा उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो।

यो समाचारमा

भरतपुरचितवन

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...