'तिहारको अवसरमा सेल पकाउने प्रतियोगिता'

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०३, सोमबार

15
Share
Featured

काठमाडौँ। तिहारको अवसरमा सोमबार यहाँ सेल पकाउने प्रतियोगिता गरिएको  छ।प्रतियोगिताको एक कार्यक्रमका बीच नेपालका प्रथम कार्यकारी ‘सेफ’ गोविन्द नरसिंह केसीले उद्घाटन गर्नुभयो।

प्रतियोगितामा ‘सेफ’ इङ्वा सुब्बा प्रथम, राधेश्याम श्रेष्ठ द्वितीय र मानबहादुर तामाङ तृतीय हुनुभयो।नेपाली खाना प्रवर्द्धन अभियानको संयोजनमा भोजनलिपि स्वाद र सिलौटो कटेजको आयोजनामा भएको प्रतियोगितामा नौ जनाले  सहभागिता जनाएका थिए।

उहाँहरूले नेपाली खानालाई देशभित्र र बाहिर प्रचारप्रसार गर्न समय समयमा विभिन्न कार्यक्रमको आयोजना हुनुपर्नेमा जोड दिनुभयो।सेफहरूले लक्ष्मीपूजाको पूर्वसन्ध्यामा देउसीसमेत खेलेका थिए।

देउसीमार्फत उहाँहरूले नेपाली परम्पराको निरन्तरता र पर्यटन क्षेत्रमा पछिल्ला दिनहरूमा देखिएका समस्या समाधान हुनुपर्ने विचार अभिव्यक्त गर्नुभएको थियो। अक्टोबर २० अर्थात् आज अन्तरराष्ट्रिय सेफ दिवससमेत मनाइएको छ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...