बर्दियामा मतदाता नामावलीमा नाम दर्ता सुस्त गतिमा

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०३, सोमबार

26
Share
Featured

बर्दिया। बर्दियामा असोज मसान्तसम्म चार सय चार जनाले मात्र मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । गत असोज १० गतेबाट सुरुवात भएपनि बर्दियामा सुस्त गति मतदाता नामावलीमा नाम दर्ता  भएको छ । 

निर्वाचन कार्यालय बर्दियाका अनुसार असोज मसान्त सम्ममा पुरुष दुई सय ५५ जना र महिला एक सय ४९ जना गरि जम्मा चार सय चार जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । पछिल्लो समयमा दैनिक तीस देखि पचास जनाले नामावली दर्ता गराउने गरेको निर्वाचन कार्यालय बर्दियाका सूचना अधिकारी अनुप ढकालले जानकारी दिएका छन् । 

उनले सुरुको तुलनामा नाम दर्ता गराउनेको सङ्ख्या विस्तारै बढ्दै गएको बताए । बर्दिया जिल्लामा असोज १० गते भन्दा अगाडि बर्दिया जिल्लामा पुरुष एक लाख ५६ हजार ९५, महिला एक लाख ६१ हजार दुई सय ३३ र अन्य छ जना गरी तीन लाख १७ हजार तीन सय ३४ जना मतदाता थिए । 

तिहार र धान काट्ने भएको हुनाले पनि मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या न्यून भएको हुन सक्ने निर्वाचन कार्यालयको अनुमान छ । 

बर्दिया जिल्लाका गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, बाँसगढी नगरपालिका लगाएतका स्थानीय तह सदरमुकामदेखि निक्कै टाढा भएको हुनाले सोही स्थानमा गएर मतदाता नामावली दर्ता गराउनुपर्ने स्थानीयको माग छ । 


यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...