अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०२, आइतबार

15
Share
Featured

काठमाडौँ, टोखा नगरपालिका ९ गोंगबुबाट अवैध लागूऔषध गाँजा १ किलो १ सय ५८ ग्राम सहित सोही नगरपालिका-९ दिपज्योती मंगलटोल बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१ घर भएका ४८ वर्षीय मान बहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

कपिलवस्तु, बाणगंगा नगरपालिका-२ गबडियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ८ सय ३० मिलिग्राम सहित ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ गजेहडा बस्ने ३५ वर्षीय रविन अर्याल, सोही नगरपालिका-२ बैजलपुर बस्ने २५ वर्षीय रमेश थारू र ३१ वर्षीय सन्तोष थापा रहेका छन् । इलाका प्रहरी कार्यालय पिपरा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-१७ घारीपाटनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७० मिलिग्राम र नगद ९४ हजार ६ सय १० रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-७ बस्ने २५ वर्षीय नबराज चापागाई थापा र धादिङ ज्वालामुखी गाउँपालिका-५ बस्ने २५ वर्षीय प्रकाश काप्री रहेका छन् । वडा प्रहरी कर्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

रूपन्देही, सैनामैना नगरपालिका-१० शितलापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम २ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तिलोत्तमा नगरपालिका-७ भलवारी बस्ने ३२ वर्षीय सागर थापा र बुटवल उपमहानगरपालिका-११ देवीनगर बस्ने ३१ वर्षीय आशिक थापा रहेका छन् । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले लु.प्र.०१-००४ प ८४११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचारमा

कास्कीटोखा नगरपालिकाकाठमाडौँकपिलवस्तु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...