निर्वाचन सुरक्षालक्षित गस्ती बढाउन गृह मन्त्रालयको निर्देशन

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०२, आइतबार

32
Share
Featured

काठमाडौँ । गृह मन्त्रालयले निर्वाचनलक्षित गस्ती बढाउन सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ । गृह सचिवस्तरीय निर्णय गरी गृह मन्त्रालयले उक्त निर्देशन आइतबार  ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पठाएको छ ।

“आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालाहरूको समन्वयमा जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउँदै जाने सुरक्षा निकायहरूबाट समन्वयात्मक रूपमा निर्वाचन सुरक्षा लक्षित गस्ती पेट्रोलिङ बढाउने,” निर्देशनमा भनिएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न भरपर्दो सुरक्षा व्यवस्था गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ तर्जुमा सुरु भइसकेको निर्देशनमा उल्लेख छ ।

जिल्लास्तरमा समेत यसपूर्वको निर्वाचन सुरक्षा अभ्यास तथा अनुभव समेतका आधारमा सबै सुरक्षा निकायहरूले निर्वाचन प्रयोजनको लागि आवश्यक पर्ने सुरक्षाकर्मी, हातहतियार, सञ्चार उपकरण, सवारी साधनलगायतको विषयमा लेखाजोखा गर्न पनि भनिएको छ ।

“हाल कायम रहेका मतदानस्थलहरूको परिवर्तित परिस्थितिमा वर्गीकरण गर्नुपर्ने भएकोले जिल्ला सुरक्षा समितिबाट संवेदनशीलतास्तर (सामान्य, संवेदनशील र अतिसंवेदनशील) विश्लेषण एवं वर्गीकरणको कार्य गरी मन्त्रालयसमक्ष प्रतिवेदन गर्ने,” निर्देशनमा उल्लेख छ ।

निर्वाचनविरोधी गतिविधि एवं भूमिगत समूहद्वारा सञ्चालित क्रियाकलापहरूको पहिचान एवं नियन्त्रणका लागि सूचना प्राप्ति, विश्लेषण र कार्ययोजना बनाई समन्वयात्मक तवरले प्रभावकारीरूपमा कार्यान्वयन तथा प्रतिवेदन गर्न निर्देशनमा भनिएको छ ।

यो समाचारमा

काठमाडौँप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...