ओलीलक्षित दाहालको टिप्पणी : संसद् विघटनगर्नेहरूले अहिले पुनर्स्थापनाको कुरा गर्नु हास्यास्पद

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०२, आइतबार

14
Share
Featured
  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् विघटन गर्नेहरूले अहिले पुनर्स्थापनाको कुरा गर्नु “विडम्बनापूर्ण र हास्यास्पद” भएको टिप्पणी गरेका छन्।
  • उनले माघ २१ गतेको निर्वाचन संविधानसम्मत र अनिवार्य भएको भन्दै त्यसलाई भाँड्ने कुनै प्रयास नगर्न चेतावनी दिए।
  • प्रचण्डले संविधानका त्रुटि संशोधन गर्नुपर्ने, वाम शक्तिहरूबीच चाँडै एकता घोषणा हुने, र जेनरेसन जेडका युवालाई क्रान्तिकारी उत्तराधिकारीका रूपमा सम्मान गर्नुपर्ने बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् विघटन गर्नेहरूले अहिले संसद् पुनर्स्थापनाको कुरा गर्नु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन् ।

शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले यसअघि संसद् विघटन गर्ने खड्गप्रसाद शर्मा ओली समूह अहिले संसद् पुनर्स्थापनाको कुरा गर्न लागिपरेको भन्दै त्यसलाई “हास्यास्पद” भनेका हुन्।

उनले आगामी माघ २१ गते निर्धारित निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको अनिवार्य हिस्सा भएको उल्लेख गर्दै, “निर्वाचन हुन नसके देश फेरि अराजकतामा फस्न सक्छ” भन्ने चेतावनी दिए। उनले घोषित निर्वाचनलाई भाँड्ने कुनै प्रयास नगर्न सबै पक्षलाई आग्रह गरे।

प्रचण्डले राष्ट्रिय सहमतिका साथ निर्वाचन सम्पन्न गर्न आवश्यक रहेको बताउँदै सरकार चुनाव गर्न पूर्ण रूपमा गम्भीर रहेको विश्वास व्यक्त गरे।

संविधानका केही प्रावधानहरू व्यवहारिक रूपमा “ट्रयाकबाट चिप्लिएको” भन्दै उनले त्यसलाई सही बाटोमा ल्याउने उपाय संविधान संशोधन नै भएको स्पष्ट पारे।

उनले समाजवादी मोर्चामा आबद्ध वाम शक्तिहरूबीच छिट्टै औपचारिक एकता घोषणा हुने जानकारी पनि दिए। जेनरेसन जेडका युवाबारे बोल्दै प्रचण्डले उनीहरूलाई क्रान्तिकारी आन्दोलनका उत्तराधिकारीको रूपमा सम्मान गर्नुपर्ने बताए।

यो समाचारमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)पुष्पकमल दाहालखड्गप्रसाद शर्मा ओलीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...