पुष्प मेलाको चौथो दिन : ३४ हजारले अवलोकन गर्दा एक करोड तीन लाखको कारोबार

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०१, शनिबार

21
Share
Featured

काठमाडौँललितपुरको जावलखेलमा १८ औं गोदवारी फूलको प्रतियोगितात्मक प्रदर्शनी चार दिनदेखि दिन जारी छ । 

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा जारी प्रदर्शनीमा शनिबारसम्म ३४ हजार ८ सय जना भन्दा बढी अवलोकर्ताले अवलोकन गरेका छन् । असोज २९ गतेदेखि सुरू भएको मेलामा पहिलो दिन सात हजार २ सय जना, दोस्रो दिन सात हजार ५ सय, तेस्रो दिन आठ हजार ६ सय जना र चौथो दिन अर्थात शनिबार (आज) ११ हजार ५ सय जनाले अवलोकन गरेको एसोसिएसनले जनाएको छ । 

चार दिनमा ३४ हजार ८ सय जनाले अवलोकन गर्दा एक करोड तीन लाख रुपियाँ भन्दा बढीको कारोबार भएको एसोसिएसनले जनाएको छ ।

शनिबार भएको कारण अरु दिनको तुलनामा बढी अवलोकर्ता आएका थिए र सोही अनुसार कारोवार भएको एसोसिएसनले जनाएको छ । 

शनिबार बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेल, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेले मेला अवालोकन गरेका थिए । 

आइतबारसम्म चल्ने मेलामा ४० हजार भन्दा बढीले प्रत्यक्ष अवलोकन तथा एक करोड तीस लाख रुपियाँ भन्दा बढीको व्यवसायीक कारोबार हुने आयोजकले अनुमान गरेको छ ।  नजिकै आइरहेको तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गरिएको फ्लोरीकल्चर एसोसिएसन नेपालले जनाएको छ । 

गोदावरी फूलको एक मात्र बृहत प्रदर्शनी रहेको यस मेलमा व्यवसायिक स्टल ८०, प्लान्ट क्लिनिक स्टल १, अफिसियल स्टल ५, प्रतियोगितात्मक स्टल २, र फोटो सेल्फी स्टल २ गरी जम्मा ९० वटा प्रदर्शनी कक्षहरु रहेको छ । विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको चार वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र  ईनकर्भ) मा प्रतिस्पर्धा गरिएको थियो । 

देशभर ५२ जिल्लामा करिब २७० हेक्टरमा पुष्प खेती हुँदै आइरहेको छ । हाल एक हजार २३५ भन्दा बढी व्यवसायी यस क्षेत्रमा संलग्न छन् र करिब ५३ हजारभन्दा बढी जनशक्ति प्रत्यक्ष–अप्रत्यक्ष रूपमा रोजगारमा पाएका छन् । 

पुष्प व्यवसायमा करिब आठ अर्ब ८३ करोड रुपैयाँ लगानी भएको अनुमान छ । वार्षिक कारोबार तीन अर्ब ३७ करोड रुपियाँ पुगेको फ्यानले जनाएको छ । आयोजकका अनुसार पुष्प बजारमा हरेक वर्ष १० देखि १५ प्रतिशतले माग बढ्दै गएको छ ।

यो समाचारमा

काठमाडौँललितपुरबागमती प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...