विपिन जोशीको शव आइतबार नेपाल ल्याइने

Author

सजिलो पत्रिका

२०८२ असोज ३१, शुक्रबार

19
Share
Featured
  • हमासको आक्रमणमा निधन भएका नेपाली विद्यार्थी विपिन जोशीको शव आइतबार नेपाल ल्याइने भएको छ।
  • तेल अविभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक श्रद्धाञ्जली समारोह आयोजना गरी शव नेपाल पठाइने तयारी गरिएको छ।
  • सन् २०२३ मा अपहरणमा परेका जोशीलाई दुई वर्षपछि मृत घोषित गरिएको हो; उनी दक्षिण इजरायलको किब्बुजमा अध्ययनरत सुदूरपश्चिम प्रदेशका विद्यार्थी थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

इजरायलमा हमासको आक्रमणका क्रममा निधन भएका नेपाली विद्यार्थी बिपिन जोशीको शव आइतबार नेपाल ल्याइने भएको छ ।

इजरायली विदेश मन्त्रालयका अनुसार तेल अविभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार औपचारिक श्रद्धाञ्जली समारोह आयोजना गरी विपिनको शव सोही दिन नेपाल पठाइने तयारी गरिएको हो ।

समारोहमा इजरायली सरकारका अधिकारी, विश्वविद्यालयका प्रतिनिधि, नेपाली दूतावासका अधिकारी तथा नेपाली समुदायका सदस्यहरू सहभागी हुने भएका छन् । सुदूरपश्चिम प्रदेशका विद्यार्थी विपिन जोशी अध्ययनका क्रममा दक्षिण इजरायलको एक किब्बुजमा रहेका थिए।

सन् २०२३ अक्टोबरमा युद्ध सुरु भएको दिन उनी हमास समूहद्वारा अपहरणमा परेका थिए। लामो समयसम्म बेपत्ता रहेका विपिनलाई दुई वर्षपछि इजरायली अधिकारीहरूले मृत घोषित गरेका थिए ।

यो समाचारमा

इजरायलसुदूरपश्चिम प्रदेशबिपिन जोशीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...