कर्णालीका ३७ पालिकामा टेलिकम सेवा विस्तार, थप ५० पालिकामा तयारी

Author

सजिलो पत्रिका

२०८२ असोज ३१, शुक्रबार

16
Share
Featured
  • नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालयले कर्णाली प्रदेशभर फोरजी र फाइबर नेट सेवा विस्तार गर्ने अभियान अघि बढाएको छ, हालसम्म ३७ पालिकामा सेवा विस्तार भइसकेको छ।
  • थप ५० पालिकामा सर्भे भइरहेको छ र कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सुर्खेतसम्म जोडिएपछि फाइबर विस्तार अझ सहज हुने जनाएको छ।
  • सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, डोल्पा, रुकुमपश्चिम लगायतका दुर्गम क्षेत्रमा बिटीएस र फोरजी सेवा सञ्चालन हुँदैछ, र यसै वर्ष हुम्लाको हिल्सामा पनि फोरजी सेवा सुरु गर्ने लक्ष्य राखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने कार्य अगाडि बढाएको छ ।

नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतका निर्देशक डा कमल लामिछानेले कर्णाली प्रदेशभर फोरजी तथा फाइबर नेट सेवाको पहुँच विस्तार गरिने बताए । उनले अहिलेसम्म यहाँका ३७ पालिकामा सञ्चार सेवा विस्तार गरिएको जनाए ।

‘ग्रामीण क्षेत्रमा नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार सेवा पुर्याउने लक्ष्यका साथ कार्य थालेका छौँ’, उनले भने, ‘थप ५० पालिकासम्म सेवा सर्भेका काम पनि भइरहेका छन् । कोहलपुर–सुर्खेत १३२ केभीको विद्युत् प्रसारण सुर्खेतसम्म जोडिनेबित्तिकै फाइबर नेट सेवा विस्तार गर्न सहज हुन्छ ।’ फाइबर नेटको सेवा विस्तार सुर्खेतको चिङ्गाड गाउँपालिकामा पनि जोड्ने तयारीमा रहेको उनको भनाइ थियो ।

सञ्चार सेवा विस्तारलाई प्राथमिकतामा राखेर काम गर्न थालिएको बताउँदै निर्देशक डा लामिछानेले दैलेख, कालिकोट, जुम्ला सिञ्जासम्म फाइबर नेटको सेवा विस्तारको काम भइरहेको उल्लेख गरे ।

उनका अनुसार यसका लागि प्राविधिकहरूले घरदैलोको काम गरिरहेका छन् । केन्द्रीय योजनाअन्तर्गत अपर डोल्पा, रुकुमपश्चिम, जाजरकोट, सुर्खेत लेखफर्सालगायत १० वटा स्थानमा बिटीएस सेवा सञ्चालनमा ल्याइएको छ ।

सोलार सिस्टम र विद्युतीकरणको पाटो बलियो भएमा सञ्चार सेवा विस्तार गर्न सकिने उनको भनाइ थियो । विद्युतीकरणका लागि प्रदेशभरिमा ३० वटा साइटका लागि विद्युत् प्राधिकरणलाई पेश्की उपलब्ध गराइसकेको जनाउँदै उनले दुर्गम बस्तीका १६ स्थानीय तहको बजार क्षेत्रमा पुगिएको र डिजिटल कर्णाली कन्क्लेभको परिकल्पनाअनुसार काम भइरहेको बताए ।

बिटीएसबाट डोल्पा जिल्लाको मुड्केचुलामा काम भइरहेको जनाउँदै त्यसो नभएको खण्डमा रिङ नेटबाट सेवा सञ्चालन गर्ने र सुर्खेत आसपासका क्षेत्रमा फोरजीको सेवा विस्तार गर्ने उनले जनाए । हुम्लाको हिल्सामा पनि यही वर्षमा फोरजी सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतले जनाएको छ ।

यो समाचारमा

कर्णाली प्रदेशकालिकोटसुर्खेतचिङ्गाड गाउँपालिका
दैलेख8 more

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    काठमाडौँ । रुकुमपूर्वको कोल क्षेत्र केन्द्रविन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ४ बजेर ३० मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पको धक्का रुकुमपूर्वका साथै आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो। भूकम्पका कारण भएको मानवीय वा भौतिक क्षतिको हालसम्म कुनै आधिकारिक विवरण प्राप्त

    Data is loading...

    Loading brands...

    Loading footer...