काठमाडौँ। नेपाली काँग्रेस का महामन्त्री गगन थापा वर्तमान कार्यसमितिले नियमित महाधिवेशनको कार्यतालिका पास गर्ने बताएका छन् । आज केन्द्रीय समिति बैठकमा एजेन्डा प्रस्तुत गर्दै महामन्त्री थापाले नियमित महाधिवेशनको कार्यतालिका नियमित अवधिभित्रै गर्ने गरी नआए विशेष महाधिवेशन बाध्यता हुने बताए ।
"विशेष महाधिवेशनको लागि विधानमा व्यवस्था भएबमोजिम पार्टीमा महाधिवेशनको माग राख्दै हस्ताक्षर बुझाउनुभएको छ । यो दर्ता भएको पत्रमा विधानबमोजिम आवश्यक अध्ययन गरेर प्रक्रिया अगाडि बढाइनेछ," थापाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, "तर, मलाई विश्वास छ, विशेष अधिवेशनका माग कर्ता साथीहरूले मंसिर मसान्तभित्रमा नियमित अधिवेशन हुनुपर्छ भन्ने विषय मुख्य हो भन्नुभएकाले यो बैठक टुंगिने बेलासम्म हामी नियमित महाधिवेशन समयमै गर्ने समझदारीमा पुग्ने छौँ ।
महामन्त्री थापाले नियमित महाधिवेशनको कार्यतालिका आएपछि समझदारीमा विशेष महाधिवेशन आवश्यक नभएको निर्णय हुने बताए ।
"