विपिन जोशीको सम्झनामा माइतीघरमा गरियो दीप प्रज्वलन

Author

सजिलो पत्रिका

२०८२ असोज २९, बुधबार

18
Share
Featured

  1. जेनजी युवाहरूले इजरायलमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन गरे।

  2. जोशीलाई अक्टोबर ७, २०२३ मा अध्ययनका क्रममा हमासले अपहरण गरी गाजातर्फ लगेको थियो।

  3. हाल हमास र इजरायली सेनाले डीएनए परीक्षणपछि उनको मृत्युको औपचारिक पुष्टि गरेका छन्।

समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

जेनजी युवाहरूले इजरायलमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गरेका छन् ।

जेनजी अभियन्ता रक्षा बम लगायतका युवाहरूले जोशीको स्मृतिमा बुधबार काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका हुन् ।

विपिन अक्टोबर ७, २०२३ देखि हमासको कब्जामा थिए । अध्ययनका लागि इजरायल गएका जोशीलाई दुई वर्षअघि हमासले अपहरण गरेर गाजातर्फ लगेको थियो ।

सोमबार हमासले उनीसहित ४ जनाको मृत्यु पुष्टि गर्दै शव बुझाउन लागिएको जानकारी दिएको थियो । इजरायलमा मंगलबार डीएनए परीक्षणपछि इजरायली सेनाले जोशीको मृत्युको औपचारिक पुष्टि गरेको छ ।

यो समाचारमा

काठमाडौँइजरायल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...