सरकारले तोकिएकै समयमा निर्वाचन गराउनुपर्छ : प्रदीप यादव

Author

सजिलो पत्रिका

२०८२ असोज २९, बुधबार

11
Share
Featured

पर्सा ।

जनता समाजवादी पार्टीका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप यादव  ले सरकारले तोकिएको समयमै अर्थात आगामी फागुन २१ गते देशमा निर्वाचन गराउनुपर्ने बताएका छन् ।

आज जसपा जिल्ला समिति, ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले सरकारले तोकिएको समयमै निर्वाचन गराउनुपर्ने तथा राष्ट्र निर्माणमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

उपमहासचिव यादवले तोकिएको समयमा निर्वाचन गराउन सरकार प्रतिबद्ध हुनु पर्ने र सबै दलहरुलाई निर्वाचनमा सहभागी गराउन वर्तमान सरकारले आवश्यक पहल चाल्नु पर्ने धारणा राखे । 

उनले भने, ‘सरकारले आगमी फागुन २१ गते निर्वाचन गराउनुपर्छ । निर्वाचनमा भागलिन हामी तयार छौँ । अन्य पार्टीलाई पनि चुनावमा सहभागी गराउनुपर्छ ।’

सोही कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यो सरकारले मधेस विरोधी निर्णय ग¥यो भने मधेसका जनता संघर्षमा उत्रिने भएकाले वर्तमान शुसीला कार्की नेतृत्वको सरकारले मधेसका माग र मुद्दामा केन्द्रित रहेर काम गर्नुपर्ने सुझाब दिए ।

गत भदौ २३ र २४ गते देशमा उत्पन्न विसम परिस्थितबाट नेपाली सेनाले संविधानको रक्षा गर्दै राष्ट्रपतिको सहयोगमा नागरिकको सरकार बनाउन सहजीकरण गरेको र तत्कालिन सबै मन्त्रीहरु तथा नागरिकको सुरक्षाका लागि खेलेको रचनात्मक भुमिकाको प्रशंसा गर्दै उनले उक्त कार्यका लागि नेपाली सेनालाई धन्यवाद समेत व्यक्त गरे । 


यो समाचारमा

प्रदीप यादवजनता समाजवादी पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...