राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबिच भेटवार्ता

Author

सजिलो पत्रिका

२०८२ असोज २९, बुधबार

11
Share
Featured
  • राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेट गरी महत्वपूर्ण विषयमा छलफल गरेका छन्।
  • भेटमा आईपीयूको १५१ औँ महासभामा नेपालको प्रतिनिधित्व र आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनबारे मुख्य छलफल भएको बताइएको छ।
  • आईपीयू महासभा अक्टोबर १९–२३ मा स्वीट्जरल्यान्डको जेनेभामा हुनेछ, जसमा अध्यक्ष दाहालसहित पाँच सदस्यीय नेपाली प्रतिनिधि मण्डल सहभागी हुनेछ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ। 

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा महत्वपूर्ण विषयमा छलफल भएको स्रोतले जनाएको छ।

भेटमा मुख्यतया अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को १५१ औँ महासभामा नेपालको सङ्घीय संसद्को तर्फबाट सहभागी हुने विषय र आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा छलफल भएको बताइएको छ।

विश्वभरका १८१ देशका सांसदहरू सदस्य रहेको आईपीयूको १५१ औँ महासभा स्वीट्जरल्यान्डको जेनेभामा यही अक्टोबर १९-२३ मा सम्पन्न हुँदैछ। उक्त महासभामा सहभागी हुन राष्ट्रिय सभा अध्यक्षसहित पाँच जनाको प्रतिनिधि मण्डल जेनेभा जाँदैछ।

यसअघि अध्यक्ष दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग पनि यस विषयमा छलफल गरेका थिए। राष्ट्रपतिसँगको भेटले यी दुई महत्वपूर्ण विषयमा थप समन्वय र तयारीका लागि मार्गप्रशस्त गरेको छ।

यो समाचारमा

रामचन्द्र पौडेलकाठमाडौँराष्ट्रिय सभानारायण प्रसाद दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...