गृहमन्त्री अर्यालको आश्वासनपछि मदन बुढाले तोडे आमरण अनशन

Author

सजिलो पत्रिका

२०८२ असोज २८, मङ्गलबार

17
Share
Featured
  • चार दिनदेखि माइतीघर मण्डलामा आमरण अनशनमा बसेका सुदूरपश्चिमका युवा मदन बुढा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटेर अनशन तोडे।
  • मन्त्री अर्यालले असोज २३ गतेको घटनाको निष्पक्ष छानबिन हुने सुनिश्चित गरेको जानकारी दिएका छन्।
  • गृहमन्त्रीले सुदूरपश्चिमको प्रतिनिधित्वसहित सरकारलाई अझ समावेशी बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चार दिनदेखि माइतीघर मण्डलामा आमरण अनशनमा बसेका सुदूरपश्चिमका युवा मदन बुढाले अनशन तोडेका छन्। गृहमन्त्री ओमप्रकाश अर्याल मंगलबार माइतीघर पुगेर उनलाई जुस खुवाई अनशन तोडाएका हुन्।

मन्त्री अर्यालले असोज २३ गतेको घटनाको निष्पक्ष छानबिन हुने आश्वासन दिएका थिए। अनशन तोडेसँगै गृहमन्त्री अर्यालले सुदूरपश्चिमको प्रतिनिधित्व हुने गरी सरकारलाई अझ समावेशी बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

बुढाका समर्थकहरूले बताएअनुसार, ‘मन्त्रीज्यूले सुदूरपश्चिमको प्रतिनिधित्वसहित समावेशी सरकार बन्नेमा ढुक्क हुन भन्नुभयो।’ उनीहरूले थप भने, ‘त्यस्तै असोज २३ गतेको नरसंहारप्रति निष्पक्ष छानबिन हुने निश्चित भएपछि मदनजीले अनशन तोड्नुभयो।’

यो समाचारमा

काठमाडौँओमप्रकाश अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...