नेपाल एयरलाइन्सको अक्टोबर १९ को काठमाडौं–ग्वाञ्जाओ उडान रद्द

Author

सजिलो पत्रिका

२०८२ असोज २८, मङ्गलबार

16
Share
Featured
  • नेपाल एयरलाइन्सले आगामी अक्टोबर १९ गतेको काठमाडौं–ग्वाञ्जाओ उडान आन्तरिक कारणले रद्द गरेको जनाएको छ।
  • रद्द उडानका सबै यात्रुहरूलाई वैकल्पिक व्यवस्थाबाट पुनः व्यवस्था गरिएको छ।
  • निगमले यात्रु संख्या न्यून भएर उडान रद्द भएको समाचारप्रति ध्यानाकर्षण गर्दै, ग्वाञ्जाओ गन्तव्य नयाँ भएकाले बुकिङ क्रमिक रूपमा बढिरहेको जानकारी दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आगामी अक्टोबर १९ गतेको काठमाडौं–ग्वाञ्जाओ उडान रद्द गरेको जनाएको छ। निगमका प्रवक्ता सुवास डाँगीले सोमबार जारी गरेको विज्ञप्तिमा आन्तरिक कारणले उडान रद्द भएको उल्लेख छ।

रद्द गरिएको उडानका सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक व्यवस्थाबाट पुनः व्यवस्थापन गरिएको निगमले जनाएको छ। केही सञ्चारमाध्यमले यात्रु संख्या न्यून भएकै कारण उडान रद्द गरिएको समाचार प्रकाशित गरेपछि निगमले त्यसप्रति ध्यानाकर्षण जनाउँदै ग्वाञ्जाओ गन्तव्य नयाँ भएको र प्रचार–प्रसारको चरणमा रहेकाले यात्रु संख्या क्रमिक रूपमा वृद्धि भइरहेको स्पष्ट पारेको छ।

निगमले ग्वाञ्जाओ उडानको बुकिङ बढ्ने क्रममा रहेको भन्दै नयाँ सेक्टरको प्रवर्द्धनमा सहयोग गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...