प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Author

सजिलो पत्रिका

२०८२ असोज २८, मङ्गलबार

16
Share
Featured
  • जाजरकोटको भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित ७ जनाविरुद्ध अख्तियारले भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ।
  • उनीहरू कारागार–रानागाउँ–नेट्टेबजार सडक निर्माण ठेक्का प्रक्रियामा अनियमितता गरी गैरकानूनी आर्थिक लाभ लिएको प्रमाणित भएको आयोगले जनाएको छ।
  • सडक निर्माणका लागि करिब २ करोड ८० लाख रुपैयाँ स्वीकृत गरिएको थियो; अनियमितता देखिएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जाजरकोटको भेरी नगरपालिका (जाजरकोट)का तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध गैरकानूनी लाभ उठाउँदै भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ।

आयोगले सोमबार विशेष अदालतमा भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित सात जनामाथि मुद्दा दायर गरेको जनाएको छ।

अख्तियारका अनुसार कारागार रानागाउँ–नेट्टेबजार सडक निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरी आर्थिक लाभ लिएको प्रमाणित भएपछि उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

भेरी नगरपालिकाले उक्त सडक निर्माणका लागि करीब २ करोड ८० लाख रुपैयाँ बराबरको लागत स्वीकृत गरेको थियो। ठेक्का प्रक्रिया र रकम भुक्तानीमा अनियमितता गरेको ठहरपछि उनीहरूविरुद्ध भ्रष्टाचारको अभियोग लगाइएको आयोगले जनाएको छ। यस घटनाले स्थानीय तहमा हुने अनियमितता र भ्रष्टाचार नियन्त्रणमा अख्तियारको सक्रियता देखाएको छ।

यो समाचारमा

काठमाडौँभेरी नगरपालिका (जाजरकोट)जाजरकोटअख्तियार दुरुपयोग अनुसन्धान आयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...