सिरहाका विभिन्न ठाउँबाट लागुऔषधसहित तीन जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ असोज २७, सोमबार

25
Share
Featured
  • सिरहामा लागुऔषधसहित तीन जना पक्राउ; दुई जनालाई गोलबजार र एक जनालाई माडर क्षेत्रबाट नियन्त्रणमा लिइयो।
  • गोलबजारमा १५ ग्राम शुद्ध हिरोइनसहित सुनिल साह र विष्णुदेव यादव पक्राउ, उनीहरूको मोटरसाइकल पनि बरामद।
  • माडरमा ६४.९ किलो गाँजा फेला, भारतका श्रीचन मण्डल पक्राउ; बाँकी फरार अभियुक्तहरूको खोजी र थप अनुसन्धान जारी।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सिराहाका विभिन्न स्थानमा छापा मार्दै प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये दुई जनालाई गोलबजार क्षेत्रबाट र एक जनालाई माडर क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार शनिबार राति करिब ११ बजे इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारको संयुक्त टोलीले विशेष सूचनाका आधारमा गोलबजार नगरपालिका–६, दुर्गा मन्दिर नजिकैबाट गुम्बा चोकतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ३०२६ नम्बरको मोटरसाइकललाई रोकी तलासी लिँदा सवार दुई जनाको साथमा खैरो हिरोइनजस्तो देखिने पदार्थ फेला परेको थियो ।

बरामद गरिएको लागुऔषधको तौल प्लास्टिकसहित १७.५४ ग्राम र शुद्ध रूपमा १५ ग्राम रहेको प्रहरीले जनाएको छ । यस घटनामा गोलबजार नगरपालिका , सिराहा – ७ का २९ वर्षीय सुनिल साह र धनगढीमाई नगरपालिका–७ का २४ वर्षीय विष्णुदेव यादवलाई पक्राउ गरिएको छ । उनीहरू सवार मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी पालले बताए ।

त्यसैगरी सोही रात करिब ९ बजे इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा सिरहा नगरपालिका–१७, पटेर्वा गाउँ नजिकै नेपाल–भारत सीमातर्फ लागुऔषध (गाँजा) लैजाँदै गरेको समूहलाई देखेपछि पक्राउ प्रयास गरेको थियो । प्रहरी देख्नेबित्तिकै उनीहरूले झोला फालेर भागेका थिए ।

घटनास्थलमा छोडिएको झोलाबाट ६४.९ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । भाग्ने क्रममा भारत बिहार राज्य, मधुबनी जिल्लाका ५५ वर्षीय श्रीचन मण्डललाई नियन्त्रणमा लिइएको र बाँकी फरारहरूको खोजी जारी रहेको डीएसपी पालले जानकारी दिए । प्रहरीका अनुसार दुवै घटनाका अभियुक्तमाथि लागुऔषध नियन्त्रण ऐनअनुसार कारबाही अघि बढाइएको छ ।

यो समाचारमा

धनगढीमाई नगरपालिकाकाठमाडौँसिराहाभारत
गोलबजार नगरपालिका , सिराहा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...