महरा पक्राउपछि सुदन गुरुङको चेतावनी: 'अब भ्रष्टाचारका सबै फाइल खुल्नेछन्'

Author

सजिलो पत्रिका

२०८२ असोज २७, सोमबार

25
Share
Featured
  • नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेका छन्।
  • ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले महराको पक्राउपछि देशभरका भ्रष्टाचार सम्बन्धी सबै फाइल खुल्न थाल्ने चेतावनी दिएका छन्।
  • सुन तस्करी र विद्युतीय चुरोटमा सुन लुकाउने घटनामा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र उनका छोराहरूविरुद्ध पनि अनुसन्धान जारी छ; भ्रष्टाचारविरुद्ध अभियान तीव्र हुने संकेत।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ नेता कृष्ण बहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेपछि ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले देशभरका भ्रष्टाचार सम्बन्धी सबै फाइल खुल्न थाल्ने चेतावनी दिएका छन्।

महराको पक्राउपछि सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले भ्रष्टाचारका सबै फाइल खुल्ने बताएका हुन्। उनले लेखेका छन्, ‘सुरु भयो, अब सबै फाइलहरू खुल्नेछन्।’

पूर्वसभामुख कृष्णबहादुर महरालाई आइतबार सुन तस्करी प्रकरणमा संलग्नता आरोपमा प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार, २०७९ पुस १० गते दुबईबाट नेपाल आएका एक फ्लाइटमार्फत सुन तस्करी भएको घटनामा महराको प्रत्यक्ष संलग्नता रहेको प्रमाण भेटिएको बताइएको छ।

यसैगरी, विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति एवम् माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध पनि प्रहरीले प्रहरीले अनुसन्धान अघि बढाएको छ। यी घटनाक्रमले नेपालमा भ्रष्टाचारविरुद्धको अभियानले तीव्रता पाउने संकेत गरेको छ।

यो समाचारमा

काठमाडौँसुदन गुरुङकृष्ण बहादुर महरानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...