जेनजी प्रदर्शनमा लुटिएको लुटिएका ३०३ राइफल फेला

Author

सजिलो पत्रिका

२०८२ असोज २६, आइतबार

18
Share
Featured
  • झापाको दमक नगरपालिका–५ मा रहेको धनेश्वर मन्दिर नजिक बेवारिसे अवस्थामा एक थान ३०३ राइफल फेला परेको छ।
  • स्थानीयले जानकारी दिएपछि प्रहरी पुगेको र हतियार जेनजी आन्दोलनका क्रममा लुटिएको ३०३ राइफल भएको पुष्टि भएको छ।
  • प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार सो राइफल म्यागजिनसहित फेला परेको र हाल प्रहरी कार्यालय दमकमा राखिएको छ।
  • घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ
समाचार सारांशGenerated using AI.

काठमाडौँ

झापाको दमक नगरपालिका–५ स्थित धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा एउटा ३०३ राइफल फेला परेको छ। स्थानीयवासीले आज बिहान बन्दुक फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेलापरेको सो हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएका ३०३ राइफल म्यागजिनसहित भएको पुष्टि भएको छ।

उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

झापादमक  नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    झापामा स्कार्पियो र सिटी सफारी ठोक्किँदा एक महिलाको मृत्यु, फरार चालक पक्राउ

    काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१५ कालिका भित्री सडकखण्डमा सोमबार बिहान स्कार्पियो र सिटी सफारी एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर–१५ की करिब ४० वर्षीया आरती उराउ रहेकी छन्।काकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्रदेश १–०१–००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय

    Data is loading...

    Loading brands...

    Loading footer...