सिरहाबाट २२० किलो लागूऔषध गाँजा बरामद

Author

सजिलो पत्रिका

२०८२ असोज २४, शुक्रबार

20
Share
Featured
  • सिरहाको बलानखोला क्षेत्रमा सशस्त्र प्रहरीले करिब २२० किलो अवैध गाँजा फेला पारेको छ।
  • नौवटा बोरामा लुकाएर राखिएको गाँजा सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दराज राईको नेतृत्वमा खोजतलास टोलीले बरामद गरेको।
  • बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सशस्त्र प्रहरी बल गुल्म इनर्वा सिरहाले सिराहाको बलानखोला क्षेत्रबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।

गएराति जिल्लाको भगवानपुर गाउँपालिका – २ स्थित बलान खोलानजिक कासघारी क्षेत्रमा लुकाएर राखिएको अवस्थामा प्रहरीले करिब २ सय २० किलो गाँजा फेला पारेको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दराज राईको नेतृत्वमा खटिएको टोलीले खोजतलासका क्रममा नौवटा बोरामा लुकाइएको गाँजा बरामद गरेको बताइएको छ । 

बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यो समाचारमा

भगवानपुर गाउँपालिकासशस्त्र प्रहरी बलकाठमाडौँसिराहा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    धनुषामा ट्राफिक कारबाहीबाट १ करोड १४ लाख राजस्व संकलन

    काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२÷८३ मा रु एक करोड १४ लाख नौ हजार ५०१ राजस्व सङ्कलन गरेको छ । प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले  आव २०८२÷८३ मा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुबाट १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गर्दा रु एक करोड १४ लाख नौ हजार

    Data is loading...

    Loading brands...

    Loading footer...