सुदन गुरुङ र मेयर बालेनविरुद्ध अनेरास्ववियुद्वारा प्रहरीमा जाहेरी

Author

सजिलो पत्रिका

२०८२ असोज २१, मङ्गलबार

29
Share
Featured
  • अनेरास्ववियु (एमाले निकट) टोलीले जेनजी आन्दोलनमा संरचना विध्वंसको आरोप लगाउँदै सुदन गुरुङ र मेयर बालेन शाहविरुद्ध जाहेरी दिएको छ।
  • पूर्वअध्यक्ष समिक बडाल र महासचिव दीपक धामीसहितको टोली प्रहरी परिसर पुगेको हो।
  • दुवै पक्ष भद्रकाली प्रहरी परिसरमा आमनेसामने हुँदा सुरक्षा व्यवस्था कडा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अनेरास्ववियुको टोली जेनजी आन्दोलनको क्रममा सरकारी संरचना विध्वंस गरेको दाबी गर्दै हामी नेपालका संयोजक सुदन गुरुङकाठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) (बालेन) विरुद्ध जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेको छ ।

अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडाल र हालका महासचिव दीपक धामीसहितको टोली प्रहरी परिसर पुगेको हो ।

यसअघि मंगलबार नै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सुदन गुरुङ समूहका जेनजीले निवेदन दिएका छन् । प्रहरीले उनीहरूको निवेदन लिएर गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई पठाएको जनाएको छ । 

दुवै पक्ष भद्रकालीस्थित प्रहरी परिसरमा आमनेसामने भएसँगै त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

यो समाचारमा

सुदन गुरुङकाठमाडौँ महानगरपालिकाबालेन्द्र शाह (बालेन)काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...