रोशी खोलाले बगाएको बिपी राजमार्ग पुनः निर्माण सुरु

Author

सजिलो पत्रिका

२०८२ असोज २१, मङ्गलबार

22
Share
Featured
  • असोज १७–१८ को अविरल वर्षापछि कुलेखानी (इन्द्रसरोवर) तालको पानीको सतह बढेपछि वरिपरिका हरियाली पहाड र पानीमा परावर्तित दृश्य अत्यन्तै आकर्षक बनेको छ।
  • स्थानीय बासिन्दा र पर्यटक बिहानको घामसँगै ताल पुगेर फोटो खिच्ने, बोटिङ गर्ने र घुमफिर गर्ने गरेका छन्।
  • वर्षापछि निखरेको हावा र हरियालीले कुलेखानीको प्राकृतिक सौन्दर्यमा नयाँ चमक थपेको र वर्तमान मौसम भ्रमणका लागि उपयुक्त रहेको व्यवसायीहरूले बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

असोज १८ र १९ गतेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्गको डाइभर्सन पुनः निर्माण कार्य सुरु गरिएको छ। रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सिमानास्थल चौकीडाँडाबाट डाइभर्सन निर्माण सुरु गरिएको हो। खोलाको बहाव केही कम भएपछि सोमबारदेखि काम अघि बढाइएको उनले जानकारी दिए।

सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दु अधिकारीका अनुसार स्थानीय तहहरू रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको समन्वयमा डाइभर्सन पुनः निर्माण अघि बढाइएको छ। 'चौकीडाँडाको एउटै स्थान मात्र नभई ३–४ स्थानमा वैकल्पिक डाइभर्सन बनाउन योजना बनाइएको छ,' अधिकारीले बताइन्।

उनका अनुसार पानीको धार अहिले पनि भित्तासम्म टाँसिएको र सडक खोलाको किनारै किनार लैजानुपर्ने भएकाले निर्माण कार्य चुनौतीपूर्ण रहेको छ। उनले स्थानीय, प्रहरी र निर्माण व्यवसायीहरूको सहयोगमा काम तीव्र पारिएको बताइन्।

यसअघि सरोकारवाला निकायबिच बिपी राजमार्ग चाँडोभन्दा चाँडो सञ्चालन गर्ने सहमति भएको थियो। यता, सिन्धुली को नेपालथोक पट्टी पनि सडक डिभिजन कार्यालय खाल्टे मार्फत सोमबारदेखि डाइभर्सन निर्माण सुरु गरेको छ। उक्त खण्डमा समेत बाढीले सडक कटान गरेपछि वैकल्पिक बाटो खोल्ने प्रयास भइरहेको छ।

गत वर्ष असोजमा आएको बाढीले बगाएको ठाउँलाई अस्थायी रूपमा मर्मत गरी सञ्चालन गरिएको थियो। तर, यस वर्ष फेरि सोही भागमा बाढीले सडक बगाएपछि अहिले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ।

सडक विभागका अनुसार निर्माण कार्य पूरा गर्न मौसममा सुधार भएमा कम्तीमा एक हप्ता लाग्ने अनुमान गरिएको छ। त्यसपछि मात्र बिपी मार्गबाट काठमाडौँ आवागमन पुनः सहज हुने अपेक्षा गरिएको छ।

यो समाचारमा

सिन्धुलीकाठमाडौँरोशी गाउँपालिकानमोबुद्ध नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...