विपद् व्यवस्थापनमा सरकारको सक्रियता: ‘सरकार छ’ भन्ने सर्वसाधारणको अनुभूति

Author

सजिलो पत्रिका

२०८२ असोज २०, सोमबार

17
Share
Featured
  • सरकारले अविरल वर्षापछिको विपद् व्यवस्थापनमा समयमै पूर्वसूचना, निर्देशन र उद्धार कार्यमार्फत ठूलो जनधनको क्षति हुनबाट देशलाई जोगाएको छ।
  • मन्त्रीहरू फिल्डमा खटिए, सेना–प्रहरी सक्रिय रहे, र लामो दुरीका सवारी साधन रोक्दै जनसुरक्षामा तदारुकता देखाइयो।
  • सर्वसाधारणले सरकारको प्रयासको प्रसंसा गरे पनि दुई दिनको सार्वजनिक बिदा र उपत्यकाबाहिरको कमजोर समन्वयबारे केही आलोचना गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

गत शुक्रबार र शनिबार देशभर अविरल वर्षा भयो । तर सरकारले तुरुन्तै सजकता अपनाउँदा ठूलो क्षतिबाट मुलुक जोगिएको छ । सरकारले  पूर्वसूचना, सम्बन्धित निकायलाई निर्देशन र उद्धार कार्यमा तदारुकता देखाउँदा जनधनको ठूलो क्षति हुन नसकेको सर्वसाधारणले समेत अनुभुत गरेका छन् ।  

पहिले यस्ता विपद्का घट्नामा सूचना ढिलागरी आउने, पूर्वतयारी सुस्त हुने गरेको तर, यस पटकको सरकारले विपद्का घट्नामा नयाँ अभ्यास गरेको पाइएको छ ।

विपद् पूर्वानुमान र सूचना प्रवाह दुबैमा राज्य संयन्त्रले सक्रियपूर्ण भूमिका निर्वाह गर्न भएको बताइन्छ । अन्तरिम सरकारका मन्त्रीहरू फिल्डमै उत्रिएर काम गरेका थिए । साथै लामो दुरीको सवारी आवातजावतमा पनि रोक लगाएका थिए ।

उपत्यकातिर आउने सवारी साधनहरूलाई सुरक्षित स्थानमा होल्ड गराउनुका साथै उनीहरूलाई बस्नको लागि उचित व्यवस्थापन समेत गरेको पाइयो ।

दिनरात नभनी उद्दार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई मैदानमा खटाइएको थियो । विपद्–व्यवस्थापनले जनताको साथमा ‘सरकार छ’ भन्ने अनुभूति गराएको सर्वसाधारणले बताएका छन् । 

। यसै सन्दर्भमा नेपाल न्यूज बैंकले सर्वसाधारणको विचार संकलन गरेको छ ।  दोलखाका तिलराज खतिवडा वर्तमान सरकारले विपद् व्यस्थापनमा चालेको कदमले अनुमान गरेको भन्दा कम दुर्घटना भएको बताउँछन् । दुई–चार दिनअगाडिदेखि नै सरकारी तवरबाट सूचना प्रवाह गर्नकासाथै विभिन्न म्यासेज पठाएर सतर्कता अपनाउन आग्रह गर्ने काम सरकारबाट भएकाले उक्त काम सराहनीय भएको उनी बताउँछन् । 

उनले भने,‘बाढी–पहिरो वा बर्षा हुने भन्नेबारे खासमा पहिले सूचना दिने काममा पहिला–पहिलाको सरकारले गर्नेभन्दा यसपाली अलिकति फरक महसुस भएको छ । दुई–चार दिन अगाडिदेखि नै सरकारी तवरबाट सूचना प्रवाह गर्ने काम भयो । सतर्कता अपनाउने काम भएको पाइयो ।  यो राम्रो काम हो ।’

त्यस्तै उनल स्वयम् मन्त्रीहरू पनि आफै फिल्डमा गएर सुरक्षाकर्मीहरूको मनोबल बढाउने काम गरेको भन्दै प्रसंसा गरे । घटनामा सरकारको भूमिका हेर्दा जनताको भावनाअनुसार चल्दै गएको छ भन्ने महसुस गरिरहेको उनी बताउँछन् । 

त्यस्तै अर्का सर्वसाधारण व्यापक श्रेष्ठले वर्तमान सरकारको कार्यलाई खुलेर प्रसंसा गरेका छन् । यद्यपी दुई दिन सार्वजनिक गर्ने सरकारको घोषणालाई भने आलोचना गरेका छन्  । १८० दिन अवधि भएको सरकारले दुई दिन बिदा दिनमा हतार गरेको बताउँदै विगतको वर्षहरुको नोक्सानीको तुलनामा यस वर्ष क्षति कम हुनेगरी भूमिका निर्वाह गरेको धारणा राखेका छन् । 

‘वर्तमान सरकारले गरेका कामहरू राम्रै लागेको छ । तर दुई दिन सार्वजनिक विदा घोषणा गर्नु ठिक भएन् । विदाले देशलाई धेरै नोक्सान हुन्छ । जम्मा १८० दिनमा पनि सरकारले दुई दिन बिदा दिनमा अलिकति हतार गर्यो । अरु–अरु कामहरू छन् राम्रै गरेको छ । पहिला–पहिला जुन नोक्सानी वा क्षति हुन्थ्यो यसपाली अलिक कम भएको छ । पहिलेको तुलनामा ब्लकेजÞ खोल्नका लागि जुन तदारुकता देखायो त्यो कार्य सराहनीय छ,’ उनले भने । 

यस्तै , दशैं नभनी विपद्मा सरकारले राम्रो व्यवस्थापन गरेर प्रसंसनीय काम गरेको झापाका रामचन्द्र रन्जित सुनाउँछन् । राजमार्ग बन्द गरेर सरकारले जनताको सुरक्षाको लागि चालेको कदम उचित रहेको उनको भनाई छ ।  उनले भने,‘सरकारको भूमिका एकदम राम्रो लाग्यो । राम्रो व्यवस्थापन भयो । सरकारले दशैं नभनी खटेको पाइयो । सुरक्षाकर्मी परिचालन राम्रो भयो । यो सरकारसँग धेरै आशा गरेको छ ।’

त्यसैगरी अर्की सर्वसाधारण शान्ता खरेल पनि सरकार जनताको साथमा छ भन्ने महशुस भएको बताउँछिन् । ‘सरकारको भूमिका राम्रो लागेको छ । बाढी र नदीमा फसेकाहरूलाई उद्धार गरिरहेको देख्दा खुशी लाग्यो । पहिलेको सरकार भन्दा अहिले ठिकै लाग्यो । जनताको साथमा सरकार छ जस्तो फिल भएको छ, उनले भनिन् । 

प्राकृतिक प्रकोप मान्छेले रोकेर नरोकिने भएका कारण पनि लामो दुरीका सवारी आवातजातमा रोक लगाएर सरकारले बुद्धीमानी पहल गरेको उनको ठम्याई छ ।  अर्का सर्वसाधारण तुलसी घिमिरेले भने सरकारले आफ्नो दायित्व पूरा गर्न नसकेको आरोप लगाए । काठमाडौं उपत्यकामा केही राम्रो काम गरेको भएतापनि उपत्यका बाहिर सोही अनुसारको भूमिका नखेलेको उनको भनाइ छ ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...