माओवादी केन्द्रको सचिवालय बैठक बस्दै

Author

सजिलो पत्रिका

२०८२ असोज २०, सोमबार

13
Share
Featured
  • नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठक आज अपराह्न १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।
  • बैठकमा महाधिवेशन र प्रतिनिधि छनोटसम्बन्धी विषयमा छलफल हुने सचिवालय सदस्य अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्।
  • असोज ९–१० मा बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न १ बजेका लागि बैठक बोलाइएको हो ।

“केन्द्रीय सचिवालय बैठक आजका लागि बोलाइएको छ । बैठकमा महाधिवेशन, प्रतिनिधि छनोटलगायतका विषयमा छलफल हुनेछ,” सचिवालय सदस्य अग्निप्रसाद सापकोटाले भने ।

नेकपा माओवादी केन्द्रको असोज ९ र १० गते बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरेर मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...