रसुवामा बाढीले बगाएका चारमध्ये तीन जना एउटै परिवारका, खोजी कार्य जारी

Author

सजिलो पत्रिका

२०८२ असोज १९, आइतबार

17
Share
Featured
  • रसुवाको बेरिङ खोल्साले बगाएका भक्तपुरका चार जनामध्ये संस्कृति, किशन र सनिता श्रेष्ठ एउटै परिवारका सदस्य भएको खुलेको छ।
  • शनिबार साँझ लाङटाङतर्फ जाँदै गरेको १६ जनाको समूह बाढीमा परेको थियो, जसमा चार जना बेपत्ता भएका हुन्।
  • बेपत्ताहरूको खोजीका लागि प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ भने नुवाकोट प्रहरीलाई पनि सहयोगका लागि अनुरोध गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाईंकुण्ड गाउँपालिका-४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चार जनामध्ये तीन जना एउटै परिवारका भएको खुलेको छ। शनिबार साँझ करिब ६ बजे ब्याम्बो होटलमा बास बसेर लाङटाङतर्फ जाँदै गर्दा १६ जनाको समूह बाढीमा परेको थियो।

बेपत्ता हुनेहरूमा भक्तपुर नगरपालिका-१० काठमाडौं बस्ने २३ वर्षीय रवि श्रेष्ठ, सूर्यविनायक नगरपालिका-४ दधिकोट बस्ने २३ वर्षीया संस्कृति श्रेष्ठ, २१ वर्षीय किशन श्रेष्ठ र २६ वर्षीया सनिता श्रेष्ठ रहेका छन्। प्रहरी कार्यालय रसुवाका अनुसार संस्कृति, किशन र सनिता एउटै परिवारका सदस्य हुन्। उनीहरू रामेछापबाट बसाइँसराइ गरी दधिकोटमा बसोबास गर्दै आएका थिए।

बेपत्ताहरूको खोजीका लागि प्रहरी र नेपाली सेनाको टोली नुवाकोटको सिमानासम्म परिचालन गरिएको छ भने नुवाकोट प्रहरीलाई पनि खोजी कार्यमा सहयोगका लागि अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए। उनीहरूको अवस्था अझै अज्ञात रहेको छ।

यो समाचारमा

भक्तपुरगोसाईंकुण्ड गाउँपालिकारामेछापनेपाली सेना
भक्तपुर नगरपालिका7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...