आज र भोली शेयर बजार बन्द रहने

Author

सजिलो पत्रिका

२०८२ असोज १९, आइतबार

10
Share
Featured
  • लगातारको भारी वर्षाका कारण सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिएको निर्णयसँगै शेयर बजार पनि दुई दिनका लागि बन्द गरिएको छ।
  • दशैंपछिको कारोबारबाट बजार सक्रिय हुने अपेक्षा राखिएको भए पनि मौसमजन्य कारणले पुनः बन्द हुँदा लगानीकर्तामा अनिश्चितता बढेको छ।
  • विज्ञहरूले छोटो अवधिको बन्दले बजारमा दीर्घकालीन असर नपर्ने बताएका छन्, तर लगानीकर्ताको मनोबल प्रभावित भई बजार खुलेपछि सुरुवाती दिनमा उतारचढाव देखिन सक्ने अनुमान गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आज र भोली दुईदिन शेयर बजार बन्द हुने भएको छ । लगातारको भारी वर्षाका कारण सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आज र भोलि गरी दुईदिन शेयरबजार पनि बन्द हुने भएको हो ।

दशैंको लामो बिदापछि आजदेखि नियमित कारोबार सुरु हुने अपेक्षा गरिएको शेयरबजार, मौसमजन्य विषम परिस्थितीका कारण पुनः बन्द भएको हो । सरकारले देशभर प्रभाव पारेको अविरल वर्षालाई ध्यानमा राख्दै वित्तीय संस्था, सरकारी कार्यालय र शैक्षिक संस्था समेत दुईदिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

यसअघि लगानीकर्ताले दशैंपछिको कारोबारमा बजार सक्रिय हुने र कारोबारको मात्रा वृद्धि हुने अपेक्षा गरेका थिए । तर लगातारको अवरोधका कारण लगानीकर्तामा अनिश्चितता बढेको छ ।

यद्यपी, विज्ञहरुले भने छोटो अवधिका लागि कारोबार रोकिनुले बजारमा ठूलो नकारात्मक असर नपर्ने बताउँदै आएका छन् । तर लगानीकर्ताको मनोबल भने प्रभावित भएको छ । लगातार बिदा र अस्थिर मौसमका कारण बजार खुल्नेबित्तिकै कारोबारमा सुरुवाती दिनमा उतारचढाव देखिने सम्भावना रहेको उनीहरूको आँकलन छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...