एलन मस्कद्वारा अभिभावकहरूलाई नेटफ्लिक्स रद्द गर्न आग्रह

Author

सजिलो पत्रिका

२०८२ असोज १७, शुक्रबार

16
Share
Featured
  • एलन मस्कले अभिभावकलाई आफ्ना बच्चाहरूको स्वास्थ्यका लागि नेटफ्लिक्सको सदस्यता रद्द गर्न आग्रह गरेका छन्।
  • उनले नेटफ्लिक्सले ट्रान्सजेन्डर मुद्दा प्रोत्साहन गरिरहेको र ‘वोकिज्म’लाई अघि बढाइरहेको आरोप लगाएका छन्।
  • मस्कका छोरा भिभियनले २०२२ मा लिङ्ग परिवर्तन गरेपछि मस्क यस विषयमा खुलेर विरोध गर्दै आएका छन्, जसले सामाजिक सञ्जालमा बहस बढाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

विश्वका पहिलो खर्बपति एलन मस्कले अभिभावकहरूलाई आफ्ना बालबालिकाको स्वास्थ्यका लागि नेटफ्लिक्सबाट टाढा राख्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जाल पोस्टको जवाफमा यो अपील गर्दै नेटफ्लिक्सले ट्रान्सजेन्डरको मुद्दालाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन्।

मस्कले सम्भव भए नेटफ्लिक्सको सदस्यता नै परित्याग गर्न अभिभावकहरूलाई आग्रह गर्दै एक पोस्टमा लेखेका छन्, “आफ्ना बच्चाहरूको स्वास्थ्यको लागि नेटफ्लिक्स रद्द गर्नुहोस्।”

मस्क पछिल्ला केही वर्षयता ‘वोकिज्म’ (सामाजिक न्यायका मुद्दाहरूप्रति सचेतता) विरुद्ध खुला रूपमा अभियान चलाएका छन् र उनले यसको विरोध गर्दै आएका छन्। मस्क लिंग परिवर्तनलगायत थुप्रै कुराको विरोधी हुन् र उनी यसविरुद्ध बोल्दै पनि आइरहेका छन्।

उनको छोरा भिभियन विल्सनले सन् २०२२ मा लिंग परिवर्तन गरेका थिए। उनले यसपछि आफूलाई छोरीको रूपमा स्वीकार गर्न सबैसँग अपील गरेका थिए। यो घटनाबाट मस्क निकै दुःखी भएको बताइएको छ। मस्कको यो भनाइले सामाजिक सञ्जालमा नयाँ बहस सिर्जना गरेको छ।

यो समाचारमा

एलन मस्ककाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...