काठमाडौँ।
मधेशको मिथिला क्षेत्रमा विजयादशमीका दिन आज रावण वध उत्सव मनाइँदैछ। को मटिहानीमा विशेष रूपमा यो उत्सव आयोजना गरिने भएको हो। श्रीराम मिथिलाका ज्वाइँ भएको र यहाँकी छोरी सीताको हरणकर्ता भएर पनि रावण वध मैथिलहरूका लागि उत्सव बन्दै आएको मानिन्छ।
वर्षौंदेखि विजयादशमीका दिन श्रीरामले असुर रावणको संहार गरेका स्मरणमा प्रतिकात्मक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ। विजयादशमीको दिन बेलुका दश टाउको भएको रावण प्रतिमालाई श्रीरामले चलाउनुभएको तीरले शिरछेदन गरिएको दृश्य देखाएर उत्सव मनाउने परम्परा गरिएको छ।
मिथिलामा विजयादशमीका दिन देवी विसर्जनसँगै यसै दिन श्रीरामले रावणलाई संहार गरेका विश्वासमा रावण वध उत्सवको परम्परा रहँदै आएको छ। मटिहानीमा 'वध' गरेको देखाइने रावणको प्रतिमा भोलिपल्ट बाजागाजासाथ जलाशयमा पुर्याइ गहिरो पानीमा विसर्जन गर्ने परम्परा रहेको छ।